नेप्से परिसूचकमा ५.१९ अंकको वृद्धि
काठमाडौं । आइतबारको शेयर बजार दिनभर उतार–चढावबीच अन्त्यमा केही सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.१९ अंकले बढ्दै २५०९.०४ बिन्दुमा बन्द भएको छ। बजार सुरुवातदेखि नै राताम्य यात्रा गरिरहेको भए पनि अन्तिम समयमा लगानीकर्ताको क्रय दबाब बढेपछि बजार हरियोमा फर्किएको हो।
आज ३१३ कम्पनीका ५५ लाख ९६ हजार ७७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६६ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। यद्यपि बजार बढेपनि ८ उपसूचक राताम्य भएका छन्। यसदिन वाणिज्य बैंक समूह ०.३५ प्रतिशत, विकास बैंक ०.२९ प्रतिशत, फाइनान्स समूह ०.७२ प्रतिशत र होटल तथा पर्यटन समूह ०.५७ प्रतिशतले घटेका छन्।
आज ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १४६ कम्पनीको घटेको छ। विश्लेषकहरूको भनाइमा, राजनीतिक अस्थिरता र आर्थिक जोखिमको आशंका का कारण लगानीकर्ताको मनोबल कमजोर बनेको छ, जसले बजारमा अनिश्चितता थपेको छ। लगानीकर्ताहरू अझै पनि स्थिरता र विश्वासिलो लगानी वातावरणको खोजीमा रहेका छन्।
सम्बन्धित समाचार
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
रातभर हराएकी १२ वर्षिया बिन्दी सकुशल भेटिइन,परिवारमा छायो खुसी
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

