काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको २ हजार ९ सय रुपैयाँले घटेर २ लाख ३७ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सोमबार सुन तोलाको २ लाख ३९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन सोमबार तोलाको २ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार (आज) घटेर २ हजार ९२० रुपैयाँ पुगेको महासंघले जनाएको छ । महासंघका अनुसार मंगलबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ३ हजार १९० रुपैयाँ, र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ५०३ रुपैयाँ ५० पैसामा कारोबार भईरहेको छ ।




