एसवाई प्यानलले कात्तिक १९ देखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने
काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले यही कात्तिक १९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ (Initial Public Offering) जारी गर्ने भएको छ। कम्पनीले यसअघि प्रथम चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ बाँडफाँड गरिसकेकाले अब दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ खुला गर्न लागेको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (SEBON) बाट अनुमति पाएको छ। यस मध्ये पहिलो चरणमा आयोजना प्रभावितहरूलाई २ लाख ६१ हजार ६२७ कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई ४ लाख ९७ हजार ९२ कित्ता आईपीओ बाँडफाँड भइसकेको छ।
अब बाँकी सेयरमध्ये कम्पनीका कर्मचारीका लागि १ लाख ४९ हजार १२७ कित्ता, सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता सुरक्षित गरिएको छ।
यसपछि बाँकी रहेको ४० लाख ७६ हजार १५६ कित्ता आईपीओ सर्वसाधारणका लागि खुला हुनेछ। सर्वसाधारणले आवेदन दिने क्रममा घटीमा १० कित्ता र बढीमा ५० हजार कित्तासम्म माग गर्न सक्नेछन्। त्यसअनुसार, यो आईपीओ भर्न कम्तीमा १ हजार रुपैयाँदेखि बढीमा ५० लाख रुपैयाँसम्म लगानी गर्न सकिन्छ।
आवेदन कात्तिक १९ गतेदेखि खुल्ने र कात्तिक २३ गतेसम्म बन्द हुनेछ। यस आईपीओलाई क्रेडिट रेटिङ संस्था इक्रा नेपाल लिमिटेडले ‘इक्राएनपी–आईआर बीबीप्लस’ रेटिङ दिएको छ, जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने मध्यम सुनिश्चितता रहेको संकेत गर्छ।
आईपीओ निष्कासन तथा बाँडफाँडको सम्पूर्ण प्रक्रिया प्रभु क्यापिटल लिमिटेडले व्यवस्थापन गर्नेछ।
सम्बन्धित समाचार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
