डिजिटल भुक्तानी निरन्तर वृद्धि, दुई महिनामा ६ खर्ब ५७ अर्ब नाघ्यो
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ का पहिलो दुई महिना (साउन र भदौ) मा डिजिटल भुक्तानी प्रणालीको प्रयोगमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका ताजा तथ्यांकअनुसार डेबिट कार्ड, मोबाइल बैंकिङ र क्युआर (QR) कोडमार्फत गरिएको कारोबारको कुल रकम ६ खर्ब ५७ अर्ब ७० करोड रुपैयाँ पुगेको छ।
राष्ट्र बैंकका अनुसार सो अवधिमा डेबिट कार्ड प्रयोगकर्ताहरूले १ करोड ८ लाख कारोबारमार्फत ८७ अर्ब ३२ करोड रुपैयाँ बराबरको भुक्तानी गरेका छन्।
त्यसैगरी, मोबाइल बैंकिङ सेवामार्फत ६ करोड २५ लाख कारोबार भई कुल ४ खर्ब ६८ अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यस्तै, क्युआर कोड भुक्तानी प्रणालीमार्फत ४ करोड १० लाख कारोबार गरी १ खर्ब १ अर्ब २३ करोड रुपैयाँ बराबरको कारोबार सम्पन्न भएको राष्ट्र बैंकले जनाएको छ।
डिजिटल भुक्तानी माध्यमको तीव्र विस्तार र जनस्तरमा बढ्दो पहुँचका कारण इलेक्ट्रोनिक कारोबारको मात्रा पछिल्ला महिनाहरूमा निरन्तर वृद्धि भइरहेको बैंकको मूल्यांकन छ।
सम्बन्धित समाचार
पाकिस्तान, टर्की र साउदीबिच ऐतिहासिक रक्षा सम्झौता
हुलास फिनसर्भको नाफामा ८४.४५ प्रतिशत वृद्धि
नाइमा नेपाल मोबिलिटी २०२६ मा डोङफेङका विद्युतीय बस सार्वजनिक हुने : अटो एक्स्पोमा बुकिङ गर्दा विशेष छुट
सार्वजनिक सडक विधेयकमा ट्रक व्यवसायी महासंघको ध्यानाकर्षण, पाँच लाख जरिवाना संशोधन गर्न माग
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
मिड भ्याली इन्टरनेसनल कलेज र इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीबिच शैक्षिक सहकार्य विस्तार
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
विश्वको ३० प्रतिशत ब्यापार हुने लालसागरको सुरक्षाका लागि साउदीले महागठबन्धन बनाउँदै
नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

