कुमारी बैंकको नाफा २.०१ प्रतिशतले घट्यो
काठमाडौं । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरणअनुसार बैंकको खुद नाफा २.०१ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ७ करोड रुपैयाँ नाफा कमाएको बैंकले चालु आवको सोही अवधिमा १ अर्ब ५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी भने ३.७७ प्रतिशतले बढेको छ। बैंकले तीन महिनामा २ अर्ब ९१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन गत वर्षको सोही अवधिमा २ अर्ब ८० करोड रुपैयाँ थियो।
बैंकको कुल सञ्चालन आम्दानी १३.१२ प्रतिशत बढेर ४ अर्ब २१ करोड ५३ लाख रुपैयाँ पुगेको छ। गत वर्षको पहिलो त्रैमासमा यो आम्दानी ३ अर्ब ७२ करोड ६४ लाख रुपैयाँ थियो।
तर, सञ्चालन मुनाफा भने घटेको छ। चालु आवको पहिलो त्रैमासमा बैंकको सञ्चालन मुनाफा ८.११ प्रतिशतले घटेर १ अर्ब ४२ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ। गत वर्ष यो रकम १ अर्ब ५४ करोड ९७ लाख रुपैयाँ थियो।
पहिलो त्रैमासको अन्त्यसम्ममा बैंकले ३ खर्ब ६० अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ६९ अर्ब ४१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी (EPS) ३३ पैसा घटेर १६ रुपैयाँ ११ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ २१ पैसा रहेको छ।
बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ र जगेडा कोष ११ अर्ब ८५ करोड ७० लाख रुपैयाँ रहेको विवरणमा उल्लेख गरिएको छ।
सम्बन्धित समाचार
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका नेपाली ग्राहकहरूको सम्मान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना


