स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा ६९ करोड
काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ६९ करोड बढी नाफा आर्जन गरेको छ । बैंकले पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै ६९ करोड २१ लाख ६९ हजार नाफा आर्जन गरेको बताएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा भने बैंकले ८६ करोड २२ लाख १ हजार नाफा आर्जन गरेको थियो ।
असोजसम्म बैंकले १ अर्ब ७ करोड २४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । उता गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब १६ करोड ९० लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।
हाल बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ४१ करोड १० लाख रुपैयाँ रहेको छ । साथै, असोजसम्म बैंकको सञ्चालन मुनाफा ९८ करोड ९३ लाख रुपैयाँमा भएको छ । हाल १० अर्ब ४ करोड २३ लाख चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा ९ अर्ब ९१ करोड १९ लाख रुपैयाँ रहेको छ ।
बैंकको खराब कर्जा अनुपात १.७१ प्रतिशत कायम भएको छ ।
सम्बन्धित समाचार
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका नेपाली ग्राहकहरूको सम्मान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना


