Jankari Kendra
६ आश्विन २०८३, मंगलवार
Worldlink

कुमारी बैंकले ल्यायो ग्रिन सेभिङ्गस डिपोजिट अकाउन्ट

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, कार्तिक, २७
कुमारी बैंकले ल्यायो ग्रिन सेभिङ्गस डिपोजिट अकाउन्ट

काठमाडौं । कुमारी बैंकले ग्रिन सेभिङ्गस डिपोजिट अकाउन्ट नामक निक्षेप योजना ल्याएको छ । दिगो विकासका लक्ष्यहरु प्राप्तीका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिबद्धताहरुलाई आफ्नो सेवा, सुविधा, प्रक्रिया तथा व्यवसायिक साझेदारीमार्फत टेवा पु¥याउने उद्श्यले यो खाता ल्याईएको बैंकले जनाएको छ ।

बैंकका अनुसार “एक खाता एक रुख” सिद्धान्तमा आधारित यो योजना अन्तर्गत खोलिने हरेक खाता बापत एक रुख बैंकका तर्फबाट रोपिने छ । यसबाट प्रत्येक निक्षेपकर्ताकोे पर्यावरण संरक्षण तथा प्रवद्र्धनमा अप्रत्यक्षरुपमा सहभागिता रहनुका साथै खातावालले निम्नानुसारका आकर्षक सुविधा समेत प्राप्त गर्ने बैंकले जनाएको छ । साधारण बचत खाताको भन्दा ०.२५ प्रतिशत अधिक ब्याजदर, एक लाख सम्मको बिमा सुविधा, दुई वर्षसम्म निःशुल्क मोबाइल बैकिङ्ग सेवा, दुई लाख सम्मको फोनलोन सुबिधा (योग्यता अनुसार), यस योजना अन्तर्गत खोलिएका प्रत्येक खाता बापत एक रुख रोपिने कम्पनीले जनाएको छ ।

यस योजनाबाट संकलन हुने निक्षेपलाई दिगो विकास प्रवद्र्धन गर्ने, पर्यावरणलाई सकरात्मक प्रभाव सृजना गर्ने क्षेत्रहरुमा कर्जा प्रवाह गर्ने तथा प्रत्येक खाता बापत एक रुख रोप्ने भएकोले यस अभ्यासबाट वातावरण संरक्षणमा दोहोरो प्रभाव सृजना हुने बैंकका दिगो बैकिङ्ग विभागका प्रमुख अर्पण पौडेलले बताएका छन् । बैंकले सबै शाखामा यो योजना उपलब्ध गराएको छ र इच्छुक ग्राहकले बैंकको वेबसाईट वा नजिकको शाखामा सम्पर्क गरी विस्तृत जानकारी लिन सक्ने बैंकले उल्लेख गरेको छ ।

बैंकले ३०२ शाखा सञ्जाल, ३१७ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स