काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा पाँच हजार ९०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला दुई लाख ५० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।अघिल्लो दिन बुधबार २ लाख ४४ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य तोलाको १७० रुपैयाँ बढेको हो । आज प्रतितोला चाँदी ३ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि बुधबार चाँदी प्रतितोला तीन हजार एक सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।




