काठमाडौं । नबिल बैंकको ८ वर्ष अवधिको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । नबिल बैंकले ७ प्रतिशत ब्याजदर भएको चुक्ता मूल्य १ हजार रुपैयाँ दरका ३० लाख कित्ता ऋणपत्र ‘७५ नबिल डिबेन्चर २०८९’ बुधवार सूचीकृत गराएको हो ।
बैंकले गत साउनमा प्रति ऋणपत्र १००० रुपैयाँ अंकित मूल्य कायम भएका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो ।
ऋणपत्र सूचीकृत भएसंगै बिहीबारबाट यसको कारोबार हुनेछ। NABILD2089 सिम्बलबाट यी ऋणपत्रको कारोबार हुनेछ । बैंकले ८ वर्ष अवधिको यस ऋणपत्रमा कम्पनीले वार्षिक ७ प्रतिशत ब्याज प्रदान गर्नेछ।




