दरमखोला हाइड्रोपावरबाट विद्युत् उत्पादन सुरु
जानकारी केन्द्र
२०८२, मंसिर, ३
काठमाडौं । बागलुङको गलकोट नगरपालिका–८ स्थित दरमखोला हाइड्रोपावरले आइतबारदेखि व्यावसायिक विद्युत् उत्पादन सुरु गरेको छ। विसं २०७७ मा निर्माण सुरु भएको यो ९.६ मेगावाट क्षमताको आयोजना करिब एक महिना अघि हरिचौर सवस्टेसनमार्फत केन्द्रीय प्रसारण लाइनमा जडान गरिएको थियो।
बर्खामा पूर्ण क्षमतामा विद्युत् उत्पादन हुने भए पनि हाल हिउँदमा ६.६ मेगावाट मात्र उत्पादन भइरहेको इञ्जिनियर मिथिलेस चौधरीले बताए।
करिब दुई अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको हाइड्रोपावर प्रारम्भिक रूपमा गोर्खा हाइड्रोपावर कम्पनीले बनाउने भए पनि पछि दरमखोला हाइड्रो इनर्जी प्रालिले जिम्मा लिएर काम सम्पन्न गरेको अध्यक्ष नरबहादुर पुनले बताए। यो बागलुङमा अहिलेसम्म बनेको सबैभन्दा ठूलो हाइड्रोपावर परियोजना हो।
सम्बन्धित समाचार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
