महँगोमा बिजुली किन्दै ३ अर्ब फाइदा भएको मन्त्री घिसिङको दाबी
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले पीटीसी इन्डियासँग प्रतियुनिट २१ भारतीय पैसा महँगो दरमा विद्युत् किन्दा घाटा नभई उल्टै ३ अर्ब रुपैयाँ फाइदा भएको दाबी गरेका छन्। सोमबार राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री घिसिङले महँगोमा बिजुली खरिद गर्ने निर्णय दीर्घकालीन रूपमा प्राधिकरणको हितमा रहेको तर्क अघि सारे।
अनलाइनखबरले प्राधिकरणले पीटीसी इन्डियाले मागेभन्दा महँगो दरमा विद्युत् किन्दै तिर्नै नपर्ने बिहार प्रसारण लाइनको ह्विलिङ चार्ज र चुहावट कटौती नगरेर करिब ४३ करोड रुपैयाँ गडबडी भएको समाचार सार्वजनिक गरिरहेकै बेला मन्त्री घिसिङले आफ्नो पक्ष स्पष्ट पारेका छन्।
तर, प्रतियुनिट २१ पैसा महँगोमा बिजुली किन्दा कसरी ३ अर्ब नाफा भएको हो भन्ने आधार भने उनले प्रस्तुत गरेनन्। घिसिङका अनुसार ६.९५ भारतीय रुपैयाँ प्रतियुनिटमा बिजुली किन्ने सम्झौताले ड्राइ सिजनमा ऊर्जा आपूर्तिमा सुरक्षा भएको र भविष्यमा अझै महँगो हुन सक्ने अनुमानका कारण अहिलेको निर्णय उचित रहेको बताए।
उनले तत्कालीन प्राधिकरणका एमडी र बोर्डले ६.७४ रुपैयाँ प्रतियुनिटमा सम्झौता नगरेको भन्दै त्यसबेलाको निर्णय प्रक्रियामाथि प्रश्न उठाए। ‘राइट डिसिजन राइट टाइम’ को दाबी गर्दै उनले प्राधिकरण राज्यको हितमा रहेर नै निर्णय गरेको बताए।
सम्बन्धित समाचार
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
