सीजी मोटर्सद्वारा ‘एक्सपेङ एक्सपेरियन्स अपग्रेड टु एक्सिलेन्स’ : विशेष एक्सचेन्ज अफर सार्वजनिक
काठमाडौं । नेपालमा एक्सपेङ इलेक्ट्रिक भेइकलको आधिकारिक वितरक सीजी मोटर्सले ‘एक्सपेङ एक्सपेरियन्स अपग्रेड टु एक्सिलेन्स’ नामक नयाँ विशेष क्याम्पेन सार्वजनिक गरेको छ। यसमार्फत ग्राहकलाई अत्याधुनिक एक्सपेङ ईभीमा सहज र लाभदायक रूपले अपग्रेड गर्ने विशेष एक्सचेन्ज क्याम्प अफर उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
यस अफरअन्तर्गत ग्राहकले आफ्नो पुरानो सवारीसाधन एक्सचेन्ज गरी एक्सपेङ जी६ मा अपग्रेड गर्ने अवसर पाउनेछन्। एक्सपेङ जी६ ४४० एनएम टर्क, एडभान्स्ड अटो-पाइलट तथा अटो-पार्किङ प्रणाली, ५ स्टार युरो एनक्याप सुरक्षा रेटिङ र ५०:५० वेट-डिस्ट्रिब्युसन जस्ता उत्कृष्ट विशेषताले सुसज्जित नयाँ पुस्ताको प्रिमियम इलेक्ट्रिक एसयूभी हो।
स्मार्ट र परिष्कृत ड्राइभिङ अनुभव प्रदान गर्ने एक्सपेङ जी६ ले आधुनिक ईभी प्रविधिलाई उपभोक्तासम्म ल्याउनुका साथै यसको वर्गमै अग्रणी प्रदर्शन दिने कम्पनीको दाबी रहेको छ।
ग्राहकको सुविधालाई प्राथमिकतामा राख्दै अफरमा ६.३ प्रतिशत आकर्षक ब्याजदर, विशेष क्यास लाभहरू, १ वर्षको इन्स्योरेन्स (अटोप्लस), १ वर्षको रोड-ट्याक्स, प्रिमियम एसेसरिज, ६.६ किलोवाट वाल-माउन्ट चार्जर, ३.३ किलोवाट ट्राभल चार्जरका साथै ब्ल्याक-डेकर कार वासर तथा भ्याकुम क्लिनर समावेश गरिएको छ कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार क्याम्पेनलाई अझ रोमाञ्चक बनाउँदै, अवधिभर टेस्ट ड्राइभ गर्ने प्रत्येक ग्राहकलाई विशेष गिफ्ट ह्याम्पर प्रदान गरिनेछ। भविष्यमुखी सम्पन्न डिजाइन, अत्याधुनिक स्मार्ट फिचरहरू र ग्राहक सन्तुष्टिप्रतिको अटल प्रतिबद्धतासहित एक्सपेङ नेपालमा इलेक्ट्रिक मोबिलिटीको नयाँ मापदण्ड स्थापना गर्दै अगाडि बढिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका नेपाली ग्राहकहरूको सम्मान
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने


