काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा एक हजार ६०० रुपैयाँले बढेको हो । त्यस्तै चाँदीको मूल्य पनि एकैदिन तोलामा १ सय ४५ रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ५० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्यमा नयाँ रेकर्ड बनेको छ । चाँदीको मूल्य एकैदिन तोलामा १ सय ४५ रुपैयाँले बढेर प्रतितोला तीन हजार ४ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार एक तोला चाँदीको मूल्य रु तीन हजार ३ सय ४५ मा कारोबार भएको थियो ।





