सुनको मूल्य तोलामा एक हजार ६ सयले बढ्यो, चाँदीको मूल्यमा नयाँ रेकर्ड कायम
जानकारी केन्द्र
२०८२, मंसिर, १५
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा एक हजार ६०० रुपैयाँले बढेको हो । त्यस्तै चाँदीको मूल्य पनि एकैदिन तोलामा १ सय ४५ रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ५० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्यमा नयाँ रेकर्ड बनेको छ । चाँदीको मूल्य एकैदिन तोलामा १ सय ४५ रुपैयाँले बढेर प्रतितोला तीन हजार ४ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार एक तोला चाँदीको मूल्य रु तीन हजार ३ सय ४५ मा कारोबार भएको थियो ।
#gold in nepal
#gold price in nepal
#silver in nepal
#silver price in nepal
#today gold price
#today silver price
सम्बन्धित समाचार
साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको नयाँ बिज २४ म्यानेज्ड वाइ–फाइ सोलुसन
प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग
नेपालका बाढी प्रभावित परिवारको सहयोगमा एकजुट बन्यो यामाहा परिवार
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
आज कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन, बुबाप्रतिको माया र सम्मान व्यक्त गर्ने विशेष अवसर
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने

