रास्वपाले प्रत्यक्षतर्फको उम्मेदवारीका लागि गर्यो आवेदन खुला, आवेदन शुल्क कति ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते हुने निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवार छनोट प्रक्रियाअन्तर्गत आवेदन खुला गरेको छ। पार्टीको आन्तरिक उम्मेदवार छनौट रूपरेखा अनुसार मङ्सिर २१ गतेदेखि इच्छुक तथा योग्यता पुगेका पार्टी सदस्यले आवेदन दिन सक्ने व्यवस्था गरिएको हो।
रास्वपाका अनुसार उम्मेदवारीका लागि आवेदन पार्टीको आधिकारिक मोबाइल एपमार्फत् पेश गर्न सकिनेछ। आवेदन शुल्क २५ हजार रुपैयाँ तोकिएको छ। तर आर्थिक अभावका कारण शुल्क तिर्न नसक्ने विपन्न सदस्यलाई भने विशेष विवरणका आधारमा शुल्क मिनाहा गर्ने–नगर्ने निर्णय पार्टी केन्द्रीय सचिवालयले गर्नेछ। यसका लागि सरकारी निकायले जारी गरेको विपन्नता परिचयपत्र, पालिका समितिबाट प्राप्त सिफारिस र अन्य कागजात आवश्यक पर्नेछ।
उम्मेदवारी आवेदन तथा छनोट प्रक्रियासम्बन्धी थप जानकारी पार्टीको वेबसाइट, मोबाइल एप, केन्द्रीय निर्वाचन आयोग तथा पार्टीका विभिन्न तहका संरचनाबाट प्राप्त गर्न सकिने संयोजक विपिन कुमार आचार्यले जानकारी दिएका छन्।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
