सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले २१औं वार्षिक साधारणसभा तथा लाभांश वितरणका लागि भोलि मंसिर २३ गतेदेखि बुक क्लोज गर्ने भएको छ। यसअनुसार लाभांश प्राप्त गर्ने शेयरधनीका लागि आज मंसिर २२ गते अन्तिम दिन हो।
बैंकले शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र ५.३५८३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको छ। सो प्रस्ताव पारित गर्ने उद्देश्यले बैंकले पुस ७ गते काठमाडौंको कालिकास्थानस्थित अमृतभोग क्याटरर्समा बिहान १०:३० बजे साधारणसभा आयोजना गर्न लागेको हो।
आगामी साधारणसभामा उपयुक्त बैंक तथा वित्तीय संस्थासँग सम्भावित मर्जरका लागि सञ्चालक समितिलाई आवश्यक अधिकार प्रदान गर्ने प्रस्ताव पनि राखिनेछ। साथै, सञ्चालकहरूको भत्ता वृद्धि, प्रबन्धपत्र तथा नियमावली संशोधनसम्बन्धी प्रस्ताव सभामा पेश गरिनेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सानी हिसाब तथा नगद प्रवाह विवरण पारित गर्नेछ। त्यससँगै चालू आर्थिक वर्षका लागि नयाँ लेखापरीक्षक नियुक्त गरी उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि साधारणसभाको एजेन्डामा समावेश गरिएको छ।
सम्बन्धित समाचार
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
