• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१५ चैत २०८२, आइतबार
१५ चैत २०८२, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

यामाहाको एफजेडएस एफआई हाइब्रिड मोटरसाइकल एक हप्तामै सोल्ड आउट : प्रि-बुकिङ खुला
  • ६ घण्टा 

सरकारले लगायो ब्रिज कोर्स कक्षा सञ्चालनमा पूर्ण प्रतिबन्ध
  • ७ घण्टा 

घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • ८ घण्टा 

यमाहा नेपालद्वारा ”नाउ आइ एम ७१.३३ केएमपिएल” अभियान सार्वजनिक
  • १ दिन 

२०८२ चैत १६ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

फोर्ड नेपालले ल्यायो विशेष अफरः फोर्ड एसयूभी वा पिकअप किन्दा एउटा इभी गाडी सित्तैमा
  • १ दिन 

लुम्बिनी ट्रक व्यवसायी सङ्घको १४औँ साधारण सभा सम्पन्न, भाडा समायोजन र नीतिगत सुधारको माग
  • १ दिन 

काठमाडौंमा‘जिरो वेस्ट एक्सिबिशन’ आयोजना हुँदै
  • १ दिन 

प्रधानमन्त्रीदेखि सांसदसम्म दैनिक मापसे जाँच गर्न हर्क साम्पाङको माग
  • १ दिन 

लोकप्रिय समाचार

  • १. २०८२ चैत १० गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. मंगलबार नेपाली बजारमा घट्यो सुनको मूल्य,चाँदिको मूल्य भने महँगियो

  • ३. २०८२ चैत १२ गते बिहीबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. विशेष अफरसहित साओमी १७ अल्ट्राको प्रि–अर्डर नेपालमा सुरु

  • ५. २०८२ चैत १३ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ६. ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

  • ७. वाडा अटो शो २०२६ मा बीवाईडी गाडी किन्दा विशेष अफर सार्वजनिक

  • ८. प्यासेन्जर कार सेगमेन्टमा टोटल इनर्जिजले नेपालमा भित्र्यायो पहिलो नयाँ लुब्रिकेन्ट प्रविधि

  • ९. नेपालमा भव्य रूपमा सार्वजनिक भयो अल–न्यू जेको जे ६ टि

  • १०. पोखरामा आयोन र एक्सपेंग सहित सीजि मोटसको मेगा सेल्स एण्ड एक्सचेन्ज कार्भीनल क्याम्प आयोजना

सत्यदिप इन्टरनेसनल अब लिथियम आयोन ब्याट्री व्यवसायमा प्रवेश गर्दै, क्यामेल ब्रान्डसँग सहकार्यको घोषणा

जानकारी केन्द्र २०८२, मंसिर, २५

काठमाडौं । नेपालमा लामो समयदेखि अटोमोटिभ पार्ट्स व्यवसायमा संलग्न सत्यदिप इन्टरनेसनल अब लिथियम आयोन ब्याट्री र एड्भान्स्ड इनर्जी स्टोरेज सोलुसन सेक्टरमा समेत प्रवेश गर्ने भएको छ । नेपालमा पनि मोबिलिटी र पावर इन्डष्ट्रितिरको तीव्र रुपान्तरणलाई ध्यानमा राखेर नेपाली बजारमा समेत विश्व स्तरीय लिथियम प्रविधि उपलब्ध गराउने प्रतिबद्धताका साथ कम्पनी अगाडि बढेको बताएको छ ।

यसै सन्दर्भमा सत्यदिप इन्टरनेसनलले एसियाकै सबैभन्दा ठूलो र विश्वसनिय ब्याट्री निर्माता कम्पनीको रुपमा परिचित क्यामेल ग्रुपसँग सहकार्यको घोषणा गरेको छ । कम्पनीद्वारा उत्पादित ‘क्यामेल’ ब्रान्डका उत्पादन नेपाली बजारमा उपलब्ध हुनेछन् ।

क्यामेल ब्रान्डका दुईपांग्रे, तीनपांग्रे र ई–रिक्साका लागि उपयोगी लिथियम आयोन ब्याट्री उपलब्ध हुनेछन् । यी ब्याट्री दुईपांग्रे इलेक्ट्रिक मोटरसाइकल वा स्कुटर, तीनपांग्रे अटोरिक्सा, प्यासेन्जर ई–रिक्सा र कार्गो वा डेलिभरी भेइकलको रुपमा परिचित लोडरहरुमा प्रयोग गर्न सकिने छ । यी ब्याट्री दीर्घकालीन रुपमा टिकाउ छन् भने एड्भान्स्ड बीएमएस सहित बढी सुरक्षित छन् । नेपालको हावापानी अनुसार यी ब्याट्रीको पर्फमेन्स निकै नै राम्रो हुने कम्पनीको भनाइ छ ।

त्यसैगरी होम युपीएस र इन्भर्टर सिस्टमका लागि उपयोगी लिथियम आयोन ब्याट्री पनि उपलब्ध हुनेछन् । यी ब्याट्री रेसिडेन्सियल युपीएस, होम इन्भर्टर र सोलार हाइब्रिड सिस्टमका लागि डिजाइन गरिएका छन् । यी ब्याट्री लिड एसिड ब्याट्री भन्दा पाँच गुणा टिकाउ हुन्छन् भने छिटो चार्ज हुने, उच्च प्रयोग क्षमताका साथै कम्प्याक्ट र मेन्टिनेन्स–फ्रि समेत छन् ।

यी वाहेक कम्पनीले कमर्सियल र इन्डष्ट्रियल स्टोरेजका लागि समेत उपयोगी कम्प्लिट सोलुसन विकास गरिरहेको छ । यी ब्याट्री साना वा ठुला उद्योग देखि सोलार इनर्जी स्टोरेज, टेलिकम टावर र डाटा सेन्टर तथा क्रिटिकल ब्याकअपमा समेत प्रयोग गर्न सकिन्छ ।

क्यामेल ग्रुप कम्पनी लिमिटेड सन् १९८० मा स्थापना भएको हो र यो हाल एसियाकै सबैभन्दा ठूलो र अग्रणी अटोमोटिभ ब्याट्री निर्माता कम्पनीको रुपमा परिचित रहेको बताइएको छ । चीनको हुवेई प्रान्तको जियाङयाङमा यसको हेडक्वाटर रहेको छ । कम्पनी लिड–एसिड ब्याट्री, पावर लिथियम–आयोन ब्याट्री, इनर्जी स्टोरेज सिस्टम र वेस्ट ब्याट्री रिसाइक्लिङ वा ग्रिन म्यानुफ्याक्चरिङको विशेषज्ञ मानिन्छ ।

त्यसैगरी सन् २०२२ मा स्थापना भएको क्यामेलको सहायक कम्पनी युलेक्ट्रिक टेक्नोलोजी एड्भान्स्ड होम इनर्जी स्टोरेज सिस्टम र स्मार्ट लिथियम ब्याट्री टेक्नोलोजी लगायतमा केन्द्रित छ । ४० वर्ष भन्दा लामो समयको अनुभवका साथ क्यामेलले विश्व स्तरको गुणस्तर, प्रविधि र उत्पादन सक्षमता सुनिश्चित गर्छ ।

लिथियम आयोन ब्याट्री व्यवसायमा प्रवेश पश्चात सत्यदिप इन्टरनेसनलले सफा मोबिलिटी, नवीकरणीय उर्जा प्रयोग, दिगो पावर भण्डारण र आधुनिक इन्डष्ट्रियल ब्याकअप सिस्टममा योगदान गर्ने लक्ष्य राखेको बताएको छ । ग्राहक, व्यवसायी र देशभरका उद्योगहरुमा उच्च गुणस्तरीय, भरपर्दो र सबैका लागि उपयुक्त लिथियम आयोन समाधान गर्ने कार्यमा सदैव प्रतिबद्ध भएको समेत सत्यदिप इन्टरनेसनलले बताएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यामाहाको एफजेडएस एफआई हाइब्रिड मोटरसाइकल एक हप्तामै सोल्ड आउट : प्रि-बुकिङ खुला
सरकारले लगायो ब्रिज कोर्स कक्षा सञ्चालनमा पूर्ण प्रतिबन्ध
घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

ताजा

यामाहाको एफजेडएस एफआई हाइब्रिड मोटरसाइकल एक हप्तामै सोल्ड आउट : प्रि-बुकिङ खुला

सरकारले लगायो ब्रिज कोर्स कक्षा सञ्चालनमा पूर्ण प्रतिबन्ध

घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

यमाहा नेपालद्वारा ”नाउ आइ एम ७१.३३ केएमपिएल” अभियान सार्वजनिक

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.