काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार ७ सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यता, चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले वृद्धि भई प्रतितोला तीन हजार ८ सय ८५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य ३ हजार ८ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।





