काठमाडौं । चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज चाँदीको मूल्य प्रतितोला १ सय ७० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ४ हजार ५५ रुपैयाँ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य ३ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।
सुनको मूल्य पनि बढ्दै प्रतितोला २ लाख ५९ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अघिल्लो दिन सुन २ लाख ५९ हजार रुपैयाँमा कारोबार भएको थियो। यसअघि सोमबार सुनको मूल्य हालसम्मकै उच्च २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको थियो।





