• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
    • Social Media
×
                     
                        आइतबार, माघ २६, २०८२
आइतबार, माघ २६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
      • Social Media
  • ☰

भर्खरै

वायु प्रदूषण अस्वस्थ बन्दै : काठमाडौं उपत्यका विश्वका प्रदूषित सहरमध्ये सातौँ स्थानमा

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ५० अर्ब निक्षेप संकलन गर्ने

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ कारोबार ?

सागर ग्रुपद्वारा आईटी एक्स्पो आयोजना हुँदै

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८२ माघ २५ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का खेल टुँडिखेल र तीनकुनेमा प्रदर्शन गरिने : कोका–कोला नेपाल र ओपन डोर इन्टरटेन्मेन्टको सहकार्य

फोटोन धनगढीमा : क्षेत्रीय ग्राहक भेटघाटबाट विश्वास र सम्बन्ध विस्तार सम्पन्न

भ्यालेन्टाइन सप्ताह सुरु, आज ‘रोज डे’

लोकप्रिय समाचार

  • १. २०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

  • ३. एलआरआर मोटर्सद्धारा जिली ईएक्स ५ को २०२६ मोडल सार्वजनिक : थपिए नयाँ सुबिधा

  • ४. २०८२ माघ २० गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ५. २०८२ माघ १९ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. २०८२ माघ २२ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. २०८२ माघ २३ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. २०८२ माघ २४ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. कजारियाले बनेपामा नयाँ विशेष शोरूम उद्घाटन गर्दै मध्य नेपालमा आफ्नो उपस्थितिलाई विस्तार गर्यो

  • १०. देशकै महत्वपूर्ण शैक्षिक प्रतियोगिता ‘ग्लोबल म्याथ डिबेट लिग’ सञ्चालन हुँदै

बन्दीपुर केवलकार र लेमन ट्री बीच फ्रेन्चाइजी सम्झौता

काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड र भारतको अग्रणी तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित होटल शृङ्खला लेमन ट्री होटल्स लिमिटेडबीच होटल सञ्चालनको लागि १५ वर्षे फ्रेन्चाइजी तथा व्यवस्थापन सम्झौता सम्पन्न भएको छ । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको तर्फबाट इन्जिनियर विष्णु पन्थी र लेमन ट्री होटल्स लिमिटेडको तर्फबाट मुख्य कार्यकारी अधिकृत विलास पवारले बुधबार काठमाण्डौंमा एक समारोह बीच सम्झौतामा हस्ताक्षर गरे ।

सम्झौता हस्ताक्षर कार्यक्रममा बन्दीपुर केबल कारका अध्यक्ष रामचन्द्र शर्मा, बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको तर्फबाट इन्जिनियर विष्णु पन्थी र लेमन ट्री होटल्स लिमिटेडको तर्फबाट मुख्य कार्यकारी अधिकृत विलास पवार, आरकेडीका कार्यकारी समन्वय अधिकृत वसन्त शर्मा, बन्दीपुर केबल कार लिमिटेडका सिइओ डा. रोमन मान श्रेष्ठले यो सम्झौताले नेपालको पर्यटनको क्षेत्रलाई विश्वमा चिनाउने बताउँदै नेपाललाई पर्यटनको गन्तव्य मार्गको रुपमा विकास गर्दे लैजाने बताए ।

बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड बन्दीपुर क्षेत्रमा पर्यटन विकासको अग्रणी संस्था हो । लेमन ट्री होटल्स लिमिटेड भारतको एक प्रमुख होटल शृङ्खला हो । जसको एसिया र मध्यपूर्वमा ठुलो उपस्थिति रहेको छ ।

यसको वैश्विक आरक्षण नेटवर्क, कर्पोरेट यात्रा खण्ड र लक्जरी–मध्यम श्रेणीको ग्राहक आधारले बन्दीपुरलाई अन्तर्राष्ट्रिय पर्यटन नक्सामा अझ प्रबल रूपमा स्थापित गर्ने अपेक्षा राखिएको बताइएको छ ।

यस सम्झौता अनुसार बन्दीपुरस्थित होटल अब “लेमन ट्री होटल्स“ ब्राण्डको नेटवर्कको हिस्सा बनेर सञ्चालनमा आउनेछ । यसले होटलको व्यवस्थापन, ब्राण्ड मान्यता, अन्तर्राष्ट्रिय बजारिकरण, सेवा विस्तार गुणस्तर नियन्त्रण, मानव संशाधन विकास तथा वैश्विक आरक्षण प्रणालीमा पहुँच सुनिश्चित गर्नेछ ।

यो सहकार्यलाई बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको विकासको एउटा रणनीतिक टर्निङ पोइन्ट मानिएको छ । अन्तर्राष्ट्रिय ब्राण्डसँगको साझेदारीले कम्पनीको राजस्व स्थायित्व, होटलको अकुपेन्सी दरमा वृद्धि, विदेशी मुद्रा आर्जन, र ब्राण्ड मूल्य तथा कम्पनीको छविमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको बताइएको छ ।

यसले लगानीकर्ताको विश्वास बढाउने, बजारमा कम्पनीको विश्वसनीयता वृद्धि गर्ने तथा पर्यटन–केन्द्रित दीर्घकालीन वृद्धिका सम्भावनाहरूलाई अझ स्पष्ट बनाउने अपेक्षा छ । साथै, बन्दीपुर केवलकार, होटल र समग्र गन्तव्य पर्यटनबीचको सहकार्यबाट कम्पनीको व्यवसायिक दायरा विस्तार हुने अनुमान गरिएको छ ।

यस सम्झौतापछि बन्दीपुरमा अन्तर्राष्ट्रिय पर्यटकको आगमनमा वृद्धि, स्थानीय स्तरमा रोजगारीको अवसर सिर्जना, सेवाको गुणस्तरमा वृद्धि तथा समग्र पर्यटन क्षेत्रको पूर्वाधारमा सुधार हुने अपेक्षा गरिएको छ । यस सम्झौताको परिणाम स्वरूप, बन्दीपुरको होटल शीघ्र नै औपचारिक रूपमा लेमन ट्री होटल्सको ब्राण्ड नाम तथा मानकअनुरूप सञ्चालन सुरु गर्नेछ ।

  • jankari
  • jankari kendra
  • jankarikendra
  • बन्दीपुर केवलकार
  • लेमन ट्री होटल्स
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
वायु प्रदूषण अस्वस्थ बन्दै : काठमाडौं उपत्यका विश्वका प्रदूषित सहरमध्ये सातौँ स्थानमा
अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ५० अर्ब निक्षेप संकलन गर्ने
बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ कारोबार ?

लोकप्रिय

२०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

एलआरआर मोटर्सद्धारा जिली ईएक्स ५ को २०२६ मोडल सार्वजनिक : थपिए नयाँ सुबिधा

२०८२ माघ २० गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ माघ १९ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

ताजा

वायु प्रदूषण अस्वस्थ बन्दै : काठमाडौं उपत्यका विश्वका प्रदूषित सहरमध्ये सातौँ स्थानमा

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ५० अर्ब निक्षेप संकलन गर्ने

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ कारोबार ?

सागर ग्रुपद्वारा आईटी एक्स्पो आयोजना हुँदै

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • वायु प्रदूषण अस्वस्थ बन्दै : काठमाडौं उपत्यका विश्वका प्रदूषित सहरमध्ये सातौँ स्थानमा
  • अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ५० अर्ब निक्षेप संकलन गर्ने
  • बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ कारोबार ?
  • सागर ग्रुपद्वारा आईटी एक्स्पो आयोजना हुँदै
  • यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.