काठमाडौं । टाटा सिएराले औपचारिक रूपमा बुकिङ खुलेको २४ घण्टामै ७० हजार यूनिट अर्डर पाएको बताइएको छ । डिसेम्बर १६ मा बुकिङ खुला भएपछि सिएरा एसयूभीले छोटो समयमै उत्साहजनक बुकिङ पाएको जनाइएको छ । त्यसैगरी, १ लाख ३५ हजार ग्राहकहरूले आँफूलााई मनपर्ने कन्फिगरेसनबारे राय ब्यक्त गरेका छन् ।
यो अभूतपूर्व प्रतिक्रियाले प्रिमियम मिड–एसयूभीको रूपमा सिएराको आइकोनिक हैसियत र भारतभरका ग्राहकहरूको मन–मस्तिष्कमा यसको बलियो आकर्षणलाई स्पष्ट रूपमा देखाएको कम्पनीले बताएको छ ।
बुकिङ उपलब्धिबारे बोल्दै टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटीका प्रमुख वाणिज्य अधिकृत विवेक श्रीवास्तवले भने,-“हामी हाम्रा ग्राहकहरूलाई यो अत्यन्तै उत्साहजनक प्रतिक्रियाका लागि हृदयदेखि धन्यवाद दिन चाहन्छौं, जसले टाटा सिएराको दिग्गज हैसियतलाई पुनः पुष्टि गरेको छ। आफ्नै विरासतअनुसार, सिएराले नयाँ मापदण्डहरू परिभाषित गर्दै ‘प्रिमियम मिड–एसयूभी’ नामक नयाँ सेग्मेन्टको सुरुवात गरेको छ। उपभोक्ताको बदलिँदो चाहनालाई गहिरो रूपमा बुझ्दै, यसले मिड–साइज एसयूभी के हुन सक्छ भन्ने अवधारणालाई नै पुनः कल्पना गरेको छ। स्थान, आराम, लक्जरी, सुरक्षा र दैनिक प्रयोगको सहजता—सबै पक्षमा समृद्धि ल्याउँदै सिएराले यो सेग्मेन्टलाई पूर्णतः नयाँ उचाइमा पुर्याएको छ। सिएरा केवल एक सवारी साधन मात्र होइन—यो प्रगति, व्यक्तिगत पहिचान र आकांक्षाको प्रतीक हो।”
नोभेम्बर २५, २०२५ मा टाटा मोटर्स प्यासेन्जर भेइकल्सले सार्वजनिक गरेको सम्पूर्ण रूपमा नयाँ टाटा सिएराले तीन दशकभन्दा बढी समयदेखि जनताको आकांक्षा, पहिचान र सम्झनासँग जोडिएको एक दिग्गज आइकनको भव्य पुनरागमनलाई संकेत गर्छ। आधुनिक युगका आवश्यकतालाई ध्यानमा राख्दै सावधानीपूर्वक पुनः डिजाइन गरिएको सिएराले आफ्नो ऐतिहासिक विरासत र विशिष्ट डीएनए कायम राख्दै अत्याधुनिक प्रविधि र डिजाइनलाई आत्मसात गरेको बताइएको छ।
कम्पनीका अनुसार, उपलब्धि, व्यक्तिगत पहिचान र अन्वेषणको भावनालाई प्रतिनिधित्व गर्ने सिएराले साधारणताबाट बाहिर निस्केर नयाँ सम्भावनाहरू खोज्न प्रेरित गर्छ।
टाटा सिएरा एसयूभी तीन इन्जिन अप्सनमा उपलब्ध हुनेछ । जसमा १.५ लिटर Kryojet डिजेल, १.५ लिटर TGDi Hyperion पेट्रोल तथा १.५ लिटर NA Revotron पेट्रोल—मा उपलब्ध रहेको जनाइएको छ । छ। यी इन्जिनहरूले विभिन्न ड्राइभिङ आवश्यकताअनुसार सहज, आत्मविश्वासी र शक्तिशाली प्रदर्शन प्रदान गर्ने कम्पनीले जनाएको छ ।





