देशभर तापक्रम घट्दै, काठमाडौंमा यस वर्षकै सबैभन्दा कम
काठमाडौं । देशभर तापक्रम क्रमिक रूपमा घट्दै जाँदा चिसो बढ्दै गएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा तापक्रम घट्दो क्रममा रहेको छ।
मंगलबार (पुस ८) बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.९ डिग्री सेल्सियस मापन गरिएको छ, जुन यस वर्षको अहिलेसम्मकै कम तापक्रम हो। महाशाखाले आगामी दिनमा तापक्रम अझै घट्ने सम्भावना रहेको जनाएको छ।
यसअघि सोमबार (पुस ७) काठमाडौंको न्यूनतम तापक्रम ६.८ डिग्री थियो भने आइतबार (पुस ६) र शनिबार (पुस ५) समान ५.५ डिग्री मापन गरिएको थियो। गएको मंसिर २८ गते न्यूनतम तापक्रम ५ डिग्री रहेको थियो।
महाशाखाले सार्वजनिक गरेको देशका १७ स्थानमध्ये जुम्लामा सबैभन्दा कम न्यूनतम तापक्रम –३ डिग्री सेल्सियस मापन गरिएको छ। जुम्लाको तापक्रम सोमबार –१ र आइतबार –२.३ डिग्री थियो।
यस दिन वीरेन्द्रनगर ५.७, ओखलढुंगा ७.२, दिपायल र घोराही ७.८, पोखरा ८.८, ताप्लेजुङ ९.५ तथा डडेलधुरा ९.७ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन गरिएको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। तराई भूभागमा हुस्सु तथा कुहिरोका कारण बिहानको समयमा जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने चेतावनी दिइएको छ।
सम्बन्धित समाचार
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
