विद्युत सर्टबाट मिर्जापुरमा आगलागी, गोठ जलेर नष्ट
जानकारी केन्द्र
२०८२, पुष, २४
सर्लाही । सर्लाहीको बलरा नगरपालिकाको मिर्जापुरमा बुधबार बिहान गोठमा आगलागी हुँदा करिब डेढ लाख रुपैयाँ बराबरको क्षति भएको छ। बलरा नगरपालिका ६ मिर्जापुरस्थित नन्दलाल साहको फुसको गोठमा बुधबार बिहान करिब २ बजेको समयमा विद्युत सर्ट भई आगलागी भएको सर्लाही प्रहरीले जनाएको छ ।
आगलागीबाट गोठसहित गोठभित्र भण्डारण गरिएको अन्न, कपडा तथा अन्य सर सामाग्री पूर्ण रूपमा जलेर नष्ट भएको छ । प्रहरीका अनुसार आगलागीबाट एक लाख ४६ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । घटनामा एउटा पाडो मरेको छ भने एक बाख्रा र एक भैँसी जलेर घाइते भएका छन् ।
आगलागी भएपछि घरधनीसहित छिमेकीहरूले तत्कालै आगो नियन्त्रणको प्रयास गरेका थिए । प्रयासकै क्रममा भैँसी र बाख्रालाई जोगाउन सफल भएपनि गोठभित्र रहेका अन्य सर सामाग्री भने बचाउन नसकिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


