Jankari Kendra
१४ श्रावण २०८३, बिहीबार
Worldlink

३ लाख ९९ हजार डाउन पेमेन्टमा डायुन ईभी खरिद गर्न सकिने : यस्ता छन् विशेषता

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, माघ, ४
३ लाख ९९ हजार डाउन पेमेन्टमा डायुन ईभी खरिद गर्न सकिने :  यस्ता छन् विशेषता

काठमाडौं । सिजी मोटर्सले डायुन ईभीमा विशेष तथा अत्यन्तै आकर्षक अफर सार्वजनिक गरेको छ । सीमित अवधिका लागि ल्याइएको यस अफरअन्तर्गत ग्राहकले जम्मा ३ लाख ९९ हजार रुपैयाँ डाउन पेन्टमा डायुन ईभी खरिद गर्न सक्नेछन् ।

यस अफरले दिगो, किफायती र वातावरणमैत्री विद्युतीय सवारीसाधनलाई नेपाली उपभोक्ताका लागि अझ सहज र पहुँचयोग्य बनाउने सिजी मोटर्सको भनाई छ । डायुन नेपाली सडकको अवस्था र ड्राइभिङ आवश्यकतालाई ध्यानमा राखेर विशेष रूपमा डिजाइन गरिएको बिद्युतीय कार हो ।

यस कारले एकपटक फुल चार्ज गर्दा ३०० किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ । डायुन कारमा २०१ एमएम ग्रााउन्ड क्लियरेन्स रहेको छ । सेग्मेन्टकै उत्कृष्ट फुल इनडिपेन्डेन्ट सस्पेन्स सिस्टमका कारण यस कारले शहरी सडकदेखि चुनौतीपूर्ण भू–भागसम्म उत्कृष्ट सवारी आराम, उच्च स्थिरता र आत्मविश्वासपूर्ण प्रदर्शन सुनिश्चित गर्दछ ।

न्यूनतम डाउन पेन्टको साथै, डायुन ईभी खरिदमा सिजी मोटर्सले आकर्षक प्याकेज पनि उपलब्ध गराएको छ । यस प्याकेजमा आकर्षक एक्सचेन्ज बोनस, नगद छुट, निःशुल्क एक्सेसरिज, निःशुल्क ३.३ किलोवाट क्षमताको होम चार्जर, एक वर्षको सडक कर तथा अटो प्लस बीमा कभरेज समावेश छन् ।

डायुन ईभिमा प्रिमियम तथा सेग्मेन्ट लीडिङ जिबी/टी चार्जिङ प्रणाली जडान गरिएको हुँदा सिजी मोटर्सको फास्ट चार्जिङ पूर्वाधारसँग सहज अनुकूलता सुनिश्चित गर्ने बताइएको छ । यस ईभी खरिद गर्ने ग्राहकले नेपालभर रहेका २६० भन्दा बढी सीजी फास्ट चार्जिङ स्टेशनहरूको सुविधा सहज रूपमा उपयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।

सि.जी मोटर्सले नेपाललाई स्वच्छ ऊर्जामैत्री यातायाततर्फ अघि बढाउने आफ्नो अग्रणी भूमिकालाई निरन्तरता दिँदै, उच्च प्रदर्शन, व्यवहारिकता र दीर्घकालीन बचतको उत्कृष्ट संयोजन भएको इभि भ्यान नेपाली बजारमा उपलब्ध गराइरहेको बताइएको छ।

Top Changing Nepal

युट्युब सट्स