सरस्वती माताको पुजा कसरी गर्ने ? जान्नुहोस्
काठमाडौं । ज्ञान, बुद्धि, प्रतिभा, स्मरणशक्ति, वाक्–शक्ति तथा सही सोच र निर्णय क्षमताको अधिष्ठात्री देवी सरस्वतीको पूजा ज्ञान प्राप्तिको सरल र पवित्र माध्यम मानिन्छ। कोही ज्ञान आर्जन गरी कवि, लेखक वा गायक बन्न चाहन्छन् भने कोही निजामती सेवा वा अन्य शैक्षिक क्षेत्रमा अघि बढ्न चाहन्छन्। यस्ता सबै क्षेत्रमा सफलता प्राप्त गर्न देवी सरस्वतीको आशीर्वाद अपरिहार्य मानिन्छ।
धार्मिक विश्वासअनुसार देवी सरस्वतीको प्राकट्यसँगै पृथ्वीमा ज्ञानको आरम्भ भएको हो। देवी सरस्वती प्रकट भएको दिनलाई बसन्त पञ्चमीका रूपमा मनाइन्छ। यस वर्ष बसन्त पञ्चमी माघ ९ गते शुक्रबार परेको छ। यो दिनलाई शिक्षा, अध्ययन–अध्यापन तथा नयाँ पाठ्यक्रम सुरु गर्न अत्यन्त शुभ मानिन्छ।
पञ्चाङअनुसार आज कुनै विशेष शुभ मुहूर्त नतोकिए पनि विवाह, विद्यारम्भ तथा अन्य नयाँ कार्यको थालनी गर्न सकिने धार्मिक मान्यता छ। बसन्त पञ्चमीलाई ज्ञानको उत्सवका रूपमा लिइने भएकाले यस दिन अध्ययन, साधना र ज्ञान आर्जनमा विशेष ध्यान दिनु उत्तम मानिन्छ। विश्वास गरिन्छ, जति धेरै ज्ञान आर्जन गरिन्छ, जीवनका चुनौती र संघर्षहरू त्यति नै सहज बन्दै जान्छन्।
बसन्त पञ्चमी पूजा विधि
१. बसन्त पञ्चमीको दिन बिहान उठेपछि सबैभन्दा पहिले पृथ्वी मातालाई छुनुहोस् र नमन गर्नुहोस्।
२. नुहाईसकेपछि पहेँलो रंगको कपडा धारण गर्नुहोस्, पहेँलो रङलाई समृद्धि र ऊर्जाको प्रतीक मानिन्छ।
३. माता सरस्वतीको मुर्तिलाई गंगा जलले धुनुहोस् र पहेँलो वा सेतो रंगको कपडा लगाउनुहोस्।
४. माता सरस्वतीको मूर्तिमा चन्दनको तिलक, बेसार, फलफूल, फूल, रोली, केसर र चामल चढाउनुहोस्।
५. आमालाई दही र हलवा र बुन्डी लड्डु चढाउनुहोस्।
६. सरस्वतीको चरणमा कलम र किताब राखेर ‘ऊँ ऐं ऐं ऐं महासरस्वत्याय नमः’ १०८ पटक जप गर्नुहोस् ।
सम्बन्धित समाचार
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १ गते बिहीबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

