काठमाडौं। आज सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । आज प्रतितोला सुन ९ हजार २ सय र चाँदी ३ सय २० रुपियाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु ३ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार सुन प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको थियो।
आज चाँदी प्रतितोला ६ हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । बिहिबार चाँदी प्रतितोला ५ हजार ८ सय ७० रुपैयाँमा खरिदबिक्री भएको थियो ।


