काठमाडौं । नेपाली बजारमा दिन प्रति दिन सुनको मूल्यले नयाँ रेकर्ड कायम गरिरहेको छ । आज सुन तोलामा दुई हजार चार सय रुपैयाँले बढेर तीन लाख ३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला ३ लाख एक हजार ४ सय रुपैयाँमा कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २ सय ९० रुपैयाँले बढेर प्रतितोला ६ हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ६ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।





