अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा रसुवा भन्सार कार्यालयद्वारा सीजी मोटर्स सम्मानित
काठमाडौं । रसुवा भन्सार कार्यालयले सीजी मोटर्स प्रा.लि.लाई राजस्व संकलनमा योगदान पुर्याएको कदर स्वरूप सम्मान गरेको छ। ७४ औँ अन्तर्राष्ट्रिय भन्सार दिवस २०२६ को अवसरमा रसुवा भन्सार कार्यालय, टिमुरे, रसुवाद्वारा आयोजित विशेष कार्यक्रममा सीजी मोटर्स प्रा.लि. लाई भन्सार नियम तथा कानुनको पालना गर्दै नियमित रुपमा राजस्व संकलनमा योगदान पुर्याएको कदर स्वरूप कदर-पत्रबाट सम्मानित गरेको हो।
विश्व भन्सार संगठनद्वारा निर्धारित यस वर्षको नारा : सतर्कता र प्रतिबद्धतामार्फत समाजको संरक्षण गर्ने भन्सार लाई आत्मसात गर्दै आयोजित कार्यक्रममा विभिन्न सरकारी अधिकारी, भन्सार कर्मचारी, व्यवसायी तथा सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो।
कार्यक्रमका क्रममा सीजी मोटर्स प्रा.लि.लाई : भन्सार ऐन-नियमको पूर्ण पालना, पारदर्शी आयात तथा व्यापार प्रक्रिया, समयमै राजस्व भुक्तानी, वैध तथा व्यवस्थित व्यापार प्रवर्द्धनमा योगदान, जस्ता विषयहरूमा उत्कृष्ट भूमिका निर्वाह गरेको भन्दै सम्मान गरेको जनाएको छ। रसुवा भन्सार कार्यालयले निजी क्षेत्रसँगको सहकार्यले वैध व्यापार प्रवर्द्धन, राजस्व वृद्धि तथा राष्ट्रिय आर्थिक सुरक्षामा महत्वपूर्ण योगदान पुग्ने उल्लेख गरेको छ।
सम्मान ग्रहण गर्दै सीजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कपिल शिवाकोटीले उक्त सम्मानप्रति कृतज्ञता व्यक्त गर्दै यस भन्सार नाकासँग सहकार्य गर्ने अवसर प्राप्त भएकोमा अत्यन्तै आभार प्रकट गरे। साथै, आगामी दिनहरूमा पनि सरकारी नियम, कानुन तथा भन्सार प्रक्रियाको पूर्ण पालना गर्दै जिम्मेवार र पारदर्शी व्यवसाय सञ्चालनमा प्रतिबद्ध रहने जनाएको छ।
सीजी मोटर्स प्रा.लि. चौधरी ग्रुप अन्तर्गत सञ्चालनमा रहेको नेपालको अग्रणी अटोमोबाइल कम्पनी हो, जसले नयाँ तथा दिगो मोबिलिटी सवारी साधनहरू बिक्री-वितरण गर्दै आइरहेको बताइएको छ। नेपालमा सार्वजनिक यातायात क्षेत्रमा विद्युतीय सवारी साधनहरूको बिक्री-वितरण गर्दै सीजी मोटर्सले निरन्तर रूपमा नयाँ आयाम स्थापित गर्दै आएको जनाइएको छ।

सम्बन्धित समाचार
अण्डाको मूल्य फेरि बढ्यो, बजारमा नयाँ दर लागु
नेप्से परिसूचकमा ७.७९ अंकको गिरावट, ४ अर्बभन्दा बढीको कारोबार
गुगल र मेटा पछि एप्पलले पनि अब स्मार्ट चश्मा ल्याउने
यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुन पटाया, थाइल्यान्ड प्रस्थान
प्रभु बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला
पहिरो, बाढी र वर्षाका कारण देशभरका विभिन्न राजमार्ग अवरुद्ध
ट्रेन्डिङ
जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता
२०८३ साउन १३ गते बुधवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

