काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य ह्वातै घटेको छ । बिहीबारको तुलनामा सुनचाँदी दुवै मूल्य घटेको हो । आज सुनको मुल्य तोलामा २० हजार पाँचसय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मुल्यमा पनि गिरावट आएको छ। चाँदी एकैदिन तोलामा ४ सय ४० रुपैयाँ घटेर चाँदीको मुल्य आज ७ हजार ६५ रुपैयाँमा कारोबार भईरहेको महासङ्घले जनाएको छ। हिजो चाँदीको मुल्य ७ हजार ५ सय ५ रुपैयाँ पुगेको थियो।


