अण्डाको मुल्य घटयो,प्रति क्रेट कति ?
काठमाडौँ । नेपाल लेयर्स कुखुरापालक संघले सोमबारदेखि लागु हुने गरी अण्डाको थोक मूल्य घटाउने निर्णय गरेको छ । संघले बताए अनुसार स्वदेशमै अण्डा उत्पादन बढ्नु र भारतबाट ठुलो परिमाणमा अण्डा भित्रिन थालेपछि बजारमा आपूर्ति बढि भएकाले मुल्य समायोजन गर्नुपरेको हो।
संघका अध्यक्ष विनोद पोख्रेलले जानकारी दिए अनुसार अण्डाको मूल्यसुचीअनुसार ठूलो अण्डा ३७५,मिडियम ३४५ र एक्सएल ३९० रुपैँया कायम गरिएको बताइएको छ । यसअघि माघ २२ गते सम्म ठुलो अण्डा प्रतिक्रेट ४३५ रुपैँया र मिडियम ४०५ रुपैयाँमा कारोबार हुदैँ आएको थियो ।
नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्षका अनुसार भारतीय सेतो अण्डा कम मुल्यमा ठुलो मात्रामा बजारमा प्रवेश गर्दा स्वदेशी उत्पादकलाई प्रतिस्थापन गर्न कठिन भईरहेको छ । प्रभावकारी बजार अनुगमनको कमजोरीले आयातित अण्डाको प्रभाव अझ बढेको र त्यसको असर स्थानिय उत्पादनमा परेको उनको भनाइ रहेको छ ।
यसअघि गत मंसिर महिनामा अण्डाको मुल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । सो समयमा ठुलो अण्डा प्रतिक्रेट ५६५ रुपैँया र मिडियम ५५० रुपैँयासम्म पुगेको संघको तथ्याकं रहेको बताइएको छ । हालको मुल्य समायोजनले तत्काल प्रभाव पार्ने अपेक्षा छ भने दीर्घकालीन समाधानका रुपमा आयात व्यवस्थापन र प्रभावकारी बजार अनुगमन आवश्यक रहेको जनाइएको छ ।
सम्बन्धित समाचार
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
