आजबाट देशव्यापि रुपमा मतदाता सचेतना अभियान सुरु
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा मतदातालाई सचेत र जानकारीपुर्ण बनाउन देशव्यापी अभियान सुरु गरिएको छ । निर्वाचन आयोग नेपालले मतदाता शिक्षा कार्यक्रम कार्यान्वयनमा ल्याउँदै नागरिकलाई मतदानसम्बन्धी व्यवहारिक ज्ञान दिने उद्देश्य राखेको जनाएको छ ।
फागुन ३ गतेदेखि सुरु भएको यो अभियान फागुन १७ गतेसम्म सञ्चालन हुनेछ । यस अवधिमा मुलुकभर ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा कार्यक्रम विस्तार गरिनेछ। आयोगले समुदायमै पुगेर मतदातासँग प्रत्यक्ष अन्तरक्रिया गर्ने रणनीति अपनाएको छ ।
प्रत्येक वडामा खटाइने स्वयंसेवकहरुले नमुना मतपत्रमार्फत मतदान गर्ने तरिका,मत संकेत गर्दा ध्यान दिनुपर्ने विषय र बदर मत हुन नदिने उपायबारे प्रशिक्षण दिनेछन् । विशेष गरी पहिलोपटक मतदान गर्न लागेका मतदातालाई लक्षित गरी सचेतनामुलक गतिविधि सञ्चालन गरिने जनाइएको छ ।
आयोगका सहायक प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रभावकारी मतदाता शिक्षाले लोकतान्त्रिक प्रक्रियामा नागरिकको सक्रिय सहभागिता सुनिश्चित गर्न मद्धत पुग्नेछ । कार्यक्रम सफल बनाउन प्रदेश सरकार,स्थानीय तह,रानीतिक दल,उम्मेदवार तथा सञ्चार क्षेत्रसँग सहकार्य आवश्यक रहेको उनले बताएका छन् ।
सम्बन्धित समाचार
आज देशभर मनसुनी वायुको प्रभाव कायमै,विभिन्न स्थानमा वर्षा हुने
५० वर्षमा बदलिएको नेपालको अटोमोबाइल यात्राः आयातकर्ताबाट उत्पादन तर्फको सुरुवात
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

