Jankari Kendra
९ भाद्र २०८३, मंगलवार
Worldlink

आज सुर्यग्रहण लाग्दै,कुन कुन देशबाट देख्न सकिन्छ ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, ५
आज सुर्यग्रहण लाग्दै,कुन कुन देशबाट देख्न सकिन्छ ?

काठमाडौँ ।  सन् २०२६ को पहिलो खगोलियन घटना अन्तर्गत मंगलबार वलयाकार सूर्यग्रहण लाग्दैछ । नेपाली समयानुसार यो दिउँसो ३ः४१ बजे सुरु भई साझँ ८ः१२ बजेसम्म करिब साढे चार घण्टासमम रहनेछ ।

यस प्रकारको ग्रहणमा चन्द्रमा पृथ्वी र सुर्यको बीचमा आएर सुर्यको धेरै भाग ढाक्छ,यस पूर्ण रुपमा ढाक्न नसक्दा सूर्यको किनारामा चम्किलो औठिँ जस्तो घेरा देखिन्छ । यसलाई ‘रिगं अफ फायर ‘ भनेर चिनिन्छ र यसपटक चन्द्रमाले सूर्यको करिब ९६ प्रतिशत भाग ढाक्ने बताइएको छ ।

यो सूर्यग्रहण नेपालबाट भने देखिनेछैन । दक्षिण अफ्रिका ,अर्जेन्टिना ,चिली,अन्टार्कटिका लगायत दक्षिण अमेरिकाका केहि भागहरुमा भने प्रत्यक्ष अवलोकन गर्न सकिनेछ । वैज्ञानिकहरुका अनुसार यस्तो दृश्य विश्वको करिब २ प्रतिशत जनसंख्याले मात्र प्रत्यक्ष रुपमा देख्न पाउँछन् ।

Top Changing Nepal

युट्युब सट्स