कति छन् यसपटकको निर्वाचनमा देशभर मतदानस्थल ?
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै देशभरका मतदानस्थल र मतदान केन्द्रको तयारी पूरा भएको छ । यसपटक देशभर कुल १० हजार ९६७ मतदानस्थल कायम गरिएको निर्वाचन आयोगले जनाएको छ । मतदातालाई सहज पहुँच उपलब्ध गराउन १६८ नयाँ मतदानस्थल थप गरिएको छ भने प्रयोगमा नरहेको ९३ स्थान खारेज गरिएको छ ।
यी मतदान स्थलअन्तर्गत देशभर २३ हजार ११२ मतदान केन्द्र रहनेछन् । २०७९ सालको निर्वाचनको तुलनामा यसपटक मतदानस्थल र केन्द्रको संख्या बढाइएको आयोगले जनाएको छ । अन्तिम मतदान मतदाता नामावलिअनुसार करिब १ करोड ८९ लाखभन्दा बढी मतदाता आफनो मताधिकार प्रयोग गर्नेछन ।
पुनरावलोकन क्रममा पायक नपरेका स्थानबाट मतदातालाई नजिकका केन्द्रमा सार्ने,नाम र ठेगानामा भएका त्रुटि सच्याउने तथा आवश्यक समायोजन गर्ने काम गरिएको छ । यसैबीच समानुपातिक निर्वाचन प्रणलिलाई अद्यावधिक गर्न प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश,२०८२ पनि जारी गरिएको छ,जुन रामचन्द्र पौडेलले मन्त्रिपरिषद सिफरिसमा लागू गरिएको छ ।
सम्बन्धित समाचार
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायमै
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
