रास्वपाले गर्यो चुनावी वाचापत्र सार्वजनिक
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित आफ्नो वाचापत्र सार्वजनिक गरेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार आयोजित चुनावी सभामार्फत पार्टीले आगामी निर्वाचनका लागि आफ्ना प्राथमिकता र योजनाहरु सार्वजनिक गरेको छ ।
कार्यक्रममा सभापति रवि लामिछाने,वरिष्ठ नेता बाालेन शाह,उपसभापति डोलप्रसाद अर्याल तथा नेता स्वर्णिम वाग्ले लगायतले संयुक्त रुपमा वाचापत्र सार्वजनिक गरेका छन् । नेताहरुले वाचापत्रलाई जनताको जीवनस्तर सुधारतर्फ केन्द्रित दस्ताजवेज का रुपमा प्रस्तुत गरे ।
रास्वपाले आफ्नो घोषणपत्रमा विशेष गरी मध्यम वर्गका मुद्धालाई प्राथमिकता दिएको जनाएको छ । कर व्यवस्था ,रोजगारी सिर्जना,शिक्षा स्वास्थ्यमा सुधार तथा सुशासनलाई मुख्य एजेन्डाका रुपमा अघि सारेको पार्टिले बताएको छ । साथै,आर्थिक पारदर्शिता र सेवा प्रवाहलाई चुस्त बनाउने प्रतिबद्धता पनि वाचापत्रमा समेटिएको बताइएको छ ।
निर्वाचन नजिकिँदै जादाँ विभिन्न दलहरुले घोषणापत्र सार्वजनिक गर्ने क्रम जारी रहँदा रास्वपाले कणार्लीबाट आफ्नो एजेन्डा सार्वजनिक गरेको हो । पार्टीले वाचापत्रमार्फत मतदातासामु व्यहारिक र कायान्वयनयोग्य योजना प्रस्तुत गरेको दाबी गरेको छ ।
सम्बन्धित समाचार
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायमै
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
