Jankari Kendra
२२ श्रावण २०८३, शुक्रबार
Worldlink

म भन्छु ‘यसरी देशले काँचुली फेर्न सक्छ ,

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७३, आश्विन, ४
म भन्छु  ‘यसरी देशले  काँचुली फेर्न  सक्छ  ,

-मुरारी ढुङ्गेल

मैतिदेवी काठमाडौ

संन्दर्भ संविधान दिवस गन्तव्य नेपाली जनताको भविष्य

राज्यले पहिलो गणतान्त्रिक संविधान दिवस  भब्य रूपमा मनाई रहेको छ ।नेपाली  जनता को सात दशक लामो प्रयास सफल भएको खुशी मनाउदै गर्दा जनता बिभक्त देखिन्छन ।एकाथरी संविधान दिवसलाइ भब्यताको रुपमा मनाइ रहेका छन भने अर्काथरी कालो दिनको रूपमा बिरोध गरिरहेका छ्न ।

दुर दराजका गाउँबस्तीमा सामन्य रोजी रोटीको लागी दिन रात नभनि परिश्रम गर्ने मजदुरलाई आफ्नै चटारो छ ।हुँदाखाने र हुनेखाने बीचको खाडल जीउका तिउ छ । हिजो वर्गिय, जातीय, क्षेत्रीय,  लैङ्गिक असमानताका विरुद्ध ज्यान अर्पन गरि आन्दोलनमा होमिएका नेपाली जनताको मुहारमा अझै खुशी छाउन सकेको छैन। कति आमाका काख रित्तिएर कति नेपाली नारीको सिउदो पुछिएर हज्जारौं बाल वालिका टूहुरा बनेर ल्याएको लोकतान्त्रिक गणतन्त्रमा अहिले पनि जनता  बेखुस छन ।नेपाली आकाशमा निरासाको बादल  यथावत नै छ । देशका श्रमशिल युवा आज पनि उज्ज्यालो भविष्यको परिकल्पनामा खाडिको प्रचण्ड गर्मीमा पसिना बगाउन बिवश छन ।

देशमा पुरातन रूपमै रहिरहेको राजनीतिक अस्थिरता, अशान्ति र देश बिकासका काम थाती छ्न । जिनेतिने बिहानको छाक टारेको जनता भरे साझको छाक कसरी टारौ भन्ने चिन्त्तामा पिरोल्लिरहेको छ ।देशबाट पाउनु पर्ने सामान्य सेवा(सुबिधाबाट पनि बन्चित छन।सत्तामा आसिन सत्ताधारीलाई देश बिदेश सयर गर्न मै फुर्सद छैन ।काम कुरो एकातिर कुम्लो बोकि ठिमी तिर भने झै भएको देखिन्छ ।

के यहीँ नै थियो त सात दशक लामो नेपाली जनताको अपेक्षा ? दिलो ज्यान बाजी लगाएर संविधान सभाबाट संविधान प्राप्तीको आशा लिएको एउटा  पुस्ताले जीवन ब्यथित गरिसकेको छ भने अर्को पुस्ताको आधा जीवन बितिसकेको छ ।समस्या जिउका तिउ छन ।निराशाको पहाड चुलिरहेका छन।आज सबै भन्दा यो देशको युवा बढी चिन्तित छ ।देशमा आफ्नो भविष्य छोडि विदेश पलायन हुन विबस छ  ।यसरी नै हजारौं हजार युवा देश भित्रको नैरस्यता बोकि बिदेश पलायनले झन भोलि देशको अवस्था कस्तो हुने हो ? चिन्ता लिनु पर्ने
नेपाली जनताको लामो त्याग र बलिदानिबाट आएको संविधान सम्पुर्ण नेपाली जनताले दिल खोलेर मनाउन नसकी रहेको देखिन्छ।के कारण यसो भैरहेको छ ? के कति कारणले यो संविधान सर्व स्वीकार्य हुन सकेन ? यस विषयमा चुरो कुरो माथी बहस र सम्बाद हुनु पर्ने अवस्थामा राजनीतिक पार्टीहरुको आ(आफ्नै  स्वार्थ पुर्ण रसाकसिले गर्दा प्राप्त उपलब्धी गुम्ने खतरा बढी रहेको छ ।
देशीविदेशी शक्तिकेन्द्रहरु यो संविधानलाई विफल गराउन लागी परेका छन भन्ने चिन्ता यहाँका बडेबडे नेताहरुको मुखबाट सुनिने गरेको पाइन्छ ।यति त्यसो हो भने सार्थक सम्बाद्को आजको टटकारो आवश्यकता हो ।आफ्नो दलको नीजी स्वार्थबाट माथी उठन सक्नु पर्छ ।यो देश सबै नेपाली जनताको साझा हो भन्ने भावना अनुभुत गराउन सक्नु पर्छ ।

नेपाली जनताको आजको अपेक्षा त्यती बिघ्न भयङ्कर( बडेमानको पनि होइन ।राजनैतिक स्थिरता संगै पछि परेका नेपाली जनताको प्रत्यक्ष सहभागितामा देशको आधुनिकीकरण गर्न सक्नु पर्दछ ।राज्य सत्ताले नेपाली जनताको आधारभुत जीवन यापन को लागी दिगो बिकास मात्र गर्न सक्यो भने पनि राहात हुन सक्छ ।देशमै भएको प्राकृतिक सम्पदाको उचित प्रयोग, उत्खनन गर्नसके मात्रै पनि देशले काचुली फेर्न सक्छ  ।

 

 

 

 

Top Changing Nepal

युट्युब सट्स