समासङले सार्वजनिक गर्यो नयाँ ग्यालेक्सि एस २६ सिरिज
काठमाडौँ । सामसङले विश्व बजारमा नयाँ ग्यालेक्सि एस २६ सिरिज सार्वजनिक गरेको छ,जसलाई कम्पनीले स्मार्टफोन प्रविधिमा महत्वपुर्ण कदम भनेको छ ।नवीनतम ग्यालेक्सी एआई प्रविधिद्धारा सञ्चिालित यो सिरिज प्रयोगकर्ताको देनिक जीवनसँग सहज रुपमा घुलमिल हुने गरी डिजाइन गरिएको छ । ६.३ इन्च डिस्प्ले,५० मेगापिक्सल मुख्य क्यामेरासहित तीन क्यामेरा सेटअप,१२ जीबी र्याम र ४३०० एमएच ब्याट्री यस सिरिजकाल मुख्य विशेषता हुन । एआईद्धारा सशक्त क्यामेरा प्रणाली,रियल टाइम सहयोग,अनुकुलित प्रदर्शन र उर्जा दक्षताले उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीको दाबी रहेको छ ।
यस सिरिजमा परिष्कृत प्रिमियम बनावट,उन्नत प्रोसेसिगं क्षमता र एआई आधारित ब्याट्री अप्टिमाइजेसन समावेश गरिएको छ,जसले सहज मल्टिटास्किङ,इमर्सिभ मनोरञ्जन र दिनभर भरपर्दो प्रदर्शन सुनिश्चित गर्ने बताइएको छ । एआइ प्रविधिले प्रयोगकर्ताको बानीअनुसार आफुलाई ढाल्दै दैनिक कार्यलाई अझ सरल र प्रभावकारी बनाउने कम्पनीको भनाइ छ । साथै,उन्नत क्यामेरा क्षमताले जुनसुकै वातावरणमा पनि स्पष्ट र आकर्षक फोटो तथा भिडियो खिच्न सहयोग पुर्याउने बताइको छ ।
नेपालमा यसको बजार मूल्य पछि तय गरिनेछ भने देशभरका सामसङका आधिकारिक स्टोरहरुमा उपलब्ध हुनेछ । लन्चअघि सञ्चालन गरिएको ह्यान्ड राइजर अफरमार्फत ग्राहकले अग्रिम रिजर्भ,आकर्षक एक्सचेन्ज सुविधा,२४ महिना सम्मको सहज ईएमआई र विशेष उपहार प्रप्त गर्ने अवसर पाएका थिए । यो सिरिज हुलास फिनसर्भको इन्स्टा फाइनान्समार्फत पनि सहज किस्तामा उपलब्ध हुनेछ।
कम्पनी ग्यालेक्सी एस २६ सिरिजले डिजाइन र प्रदर्शनमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास व्यक्त गरेको बताइएको छ । नवीन प्रविधि,उन्नत एआई फिचर र प्रिमियम अनुभवसहित आएको यो सिरिज नेपाली उपभोक्ताका लागि थप पहुँचयोग्य बनाउने उद्धेश्य राखिएको बताइएको छ । प्रि-अर्डर अफरसमेत उपलब्ध गराइने जनाइएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
