Jankari Kendra
९ श्रावण २०८३, शनिबार

सर्लाहीमा ड्युटिमा रहेका मतदान अधिकृतको निधन

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, फाल्गुन, १९
सर्लाहीमा ड्युटिमा रहेका मतदान अधिकृतको निधन

काठमाडौँ । सलार्हीमा खटिएका एक मतदान अधिकृतको मंगलबार निधन भएको छ । मृत्यु हुनेमा ४२ वर्षीय रघुनाथ महतो रहेका छन् ।

उनी पर्सा गाउँपालिका ४ स्थित जिगडवा आधारभूत विद्यालयमा स्थापना गरिएको मतदान केन्दूमा मतदान अधिकृतको जिम्मेवारीमा थए । मंगलबार बिहान ड्युटिकै क्रममा अचानक बेहोस भएपछि उनलाई तत्काल प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो ।

चिकित्सकका अनुसार दिउँसो करिब साढे २ बजे उनको मृत्यु घोषणा गरिएको हो।

रौतहटको माधन नारायण नगरपालिका ६ स्थायी घर भएका महतो स्वास्थ्य सेवामा सिनियर अहेबका रुपमा कार्यरत थिए । घटनाबारे थप विवरण आउन बाकीँ रहेको छ ।

युट्युब सट्स