काठमाडौँ । सर्लाहीको बलरा नगरपालिका ४ को श्री प्राथमिक विधालय मतदान केन्द्रमा राकिएको मतदान फेरि सुरु भएको छ ।
केहिबेरअघि रास्वपा उम्मेदवार अमरेशकुमार सिंहको उपस्थितिले विरोधी पक्षसँग विवाद उत्पन्न भएको थियो । विवाद प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले हस्तक्षेप गरेर मिलाएका छन ।


