स्मार्ट फिचरसहित पल्सर नेक्ट जेन १५० नेपालमा : कतिपर्छ मुल्य ?
काठमाडौँ । नेपालमा लोकप्रिय मोटरसाइकल ब्रान्ड बजाजले पल्सर १५० नयाँ संस्करणमा सार्वजनिक गरेको छ । आधुनिक डिजाइन, उन्नत प्रविधि र उत्कृष्ट कार्यक्षमतासहित आएको नयाँ पल्सर १५० ले नेपाली मोटरसाइकल बजारमा नयाँ उत्साह थप्ने विश्वास कम्पनीले व्यक्त गरेको बताइएको छ ।
कम्पनीका अनुसार, नयाँ संस्करणको पल्सर १५० मा आकर्षक नयाँ ग्राफिक्स, शक्तिशाली एफआई बिएस ६ भि इन्जिन, सिङ्गल च्यानल एबिएस लिड हेडल्याम्प तथा ब्लुटुथ सपोर्टसहितको फुल डिजिटल जस्ता आधुनिक फिचरहरू समावेश गरिएको छ ।
यी विशेषताले मोटरसाइकललाई अझ सुरक्षित, स्मार्ट र प्रयोगमैत्री बनाएको कम्पनीको भनाइ छ । यो मोटरसाइकलमा प्रयोग गरिएको इन्धन इन्जेक्सन एफआई प्रविधिले राम्रो माइलेज र सहज प्रदर्शन प्रदान गर्ने अपेक्षा गरिएको कम्पनीले बताएको छ । त्यसैगरी एबिएस प्रणालीले ब्रेकिङलाई अझ सुरक्षित बनाउनेछ भने डिजिटल कन्सोलले राइडिङ अनुभवलाई आधुनिक बनाउनेछ।
कम्पनीका अनुसार, नयाँ बजाज पल्सर १५० लाई नेपालभरका बजाज अटोका आधिकारिक शोरुममार्फत उपलब्ध गराइएको छ । मोटरसाइकलको प्रारम्भिक मूल्य रु. ३ लाख ५५ हजार ९ सय तोकिएको कम्पनीले जनाएको छ ।
नेपालमा हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले बजाज मोटरसाइकलको आधिकारिक वितरकका रूपमा सेवा दिँदै आएको बताइएको छ । ग्राहकलाई उत्कृष्ट बिक्रीपछिको सेवा र स्पेयर पाट्र्स उपलब्ध गराउँदै आएको कम्पनीले जनाएको छ ।
त्यस्तै नागरिकताको आधारमै फाइनान्स गर्न सकिने भएकाले, पहिले झैँ घरजग्गाको लालपुर्जा, बिजुली वा पानीको बिल, आयस्रोतको प्रमाणपत्रजस्ता कागजात आवश्यक पर्ने छैन । शून्य सर्भिस चार्ज र सरल किस्ताबन्दीमा बाइक लिन चाहने ग्राहकले पनि अन–द–स्पट फाइनान्स गरेर सजिलै मोटरसाइकल प्राप्त गर्न सक्नेछन् ।
नयाँ पल्सर १५० को आगमनसँगै नेपाली युवा र मोटरसाइकल पारखीहरूले अझ शक्तिशाली, स्टाइलिस र प्रविधिमैत्री राइडिङ अनुभव पाउने विश्वास कम्पनीले व्यक्त गरेको छ । कम्पनीका अनुसार, इच्छुक ग्राहकहरूले नजिकैको बजाज शोरुममा गएर मोटरसाइकलबारे थप जानकारी लिन तथा टेस्ट राइड गर्न सक्नेछन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

