काठमाडौँ । मध्यपूर्वका केही देशमा कार्यरत नेपाली श्रमिकका लागि पुनःश्रम स्विकृति खुला गरिएको छ । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले असहज परिस्थितिका कारण रोकिएको सेवा आंसिक रुपमा पुनःसञ्चालनमा ल्याएको जनाएको छ।
परराष्ट्र मन्त्रालयको सिफारिस र वैदेशिक रोजगार विभागको सुझावपछि मन्त्रालयले यो निर्णय गरेको हो । दुतावास,गैरआवासीय नेपाली संघ र श्रमिकहरुको मागलाई ध्यानमा राख्दै मंगलबारदेखि व्यवस्था लागू गरिएको प्रवक्ता पिताम्बर घिमिरले बताएका छन्।
नयाँ व्यवस्थाअनुसार साउदी अरेविया,यूएई,कतार,ओमान,यमन जोर्डन र टर्कीका लागि पुनःश्रम स्वीकृति दिइनेछ भने एरान,बहराइन,कुवेत,इराक र लेबनानमा भने अझै रोक कायम रहनेछ ।


