Jankari Kendra
७ भाद्र २०८३, आईतवार
Worldlink

एकैदिन सुुनमा १२ हजार ५ सय रुपैँयाको भारी गिरावट

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, चैत्र, ८
एकैदिन सुुनमा १२ हजार ५ सय रुपैँयाको भारी  गिरावट

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्यमा ठुलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एकैदिन सुनको भाउ प्रतितोला १२ हजार ५ सय रुपैँयाले घट्दै २ लाख ८२ हजार रुपैँयामा झरेको हो । अघिल्लो दिन २ लाख ९४ हजार ५ सय रुपैँयामा कारोबार भएको सुन एक सातामै २७ हजार ४ सय रुपैँयाले घटिरहेको छ । गत माघ १५ गते सुनको मूल्य हालम्मकै उच्च ३ लाख ३९ हजार ३ सय रुपैँया पुगेको थियो ।

अन्तराष्टिय बजारमा तेलको मूल्य वृद्धि,अमेरिकी डलरको माग बढ्नु र ब्मयाजदुमा परेको दबाबका कारण सुनचादिँको मुल्यमा गिरावट आएको विश्लेषण गरिएको छ । त्यस्तै गरी चादिको भाउ पनि आइतबार ३५५ रुपैँयाले घट्दै प्रतितोला ४ हजार ५४० रुपैँयामा झरेको छ । अघिल्लो दिन ४ हजार ८९५ रुपैँँयामा झरेको छ । अघिल्लो दिन ४ हजार ८९५ रुपैँया रहेको चाँदी एक सातामा ७३० रुपैँयाले घटेको हो ।

Top Changing Nepal

युट्युब सट्स