वैद्य अर्गनाइजेशनद्वारा इटालियन प्रिमियम ब्रान्ड ‘मोर्बिडेली’ नेपालमा आधिकारिक रूपमा भित्रियो
काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक तथा प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेशन इन्डसट्रिज एण्ड टेडिङ हाउसेस(भीओएलटिएच) ले दुईपांग्रे सवारी क्षेत्रमा आफ्नो उपस्थिति अझ सुदृढ बनाउँदै इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोबिडेलिसँग आधिकारिक साझेदारी गरेको घोषणा गरेको बताइएको छ ।
करिब पाँच दशक लामो व्यावसायिक अनुभव बोकेको वैद्य अर्गनाइजेशनले नेपालमा अटोमोबाइल क्षेत्रमा विश्वासिलो ब्रान्ड निर्माण गर्दै आएको जनाइएको छ। चारपांग्रे सवारीतर्फ टोयोटाको सफल बिक्री वितरण गर्दै आएको यस समूहले पछिल्लो समय दुईपांग्रे क्षेत्रमा पनि आक्रामक विस्तार गरिरहेको कम्पनीको दाबी रहेको छ।
यसअघि समूहले प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड एथरलाई नेपाली बजारमा भित्र्याएर उल्लेखनीय सफलता हासिल गरिसकेको बताइएको छ। कम्पनीका अनुसार आधुनिक प्रविधि, उच्च प्रदर्शन र नवप्रवर्तनमा आधारित एथरको सफलताले वैद्य अर्गनाइजेशनलाई दुईपांग्रे बजारमा पुनः स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेको थियो।
अब सोही सफलतालाई निरन्तरता दिँदै समूहले इटालीको प्रतिष्ठित मोटरसाइकल ब्रान्ड मोर्बिडेलीलाई नेपालमा भित्र्याएको हो। मोर्बिडेली आफ्नो प्रिमियम डिजाइन, शक्तिशाली इन्जिन र रेसिङ हेरिटेजका लागि विश्वभर परिचित ब्रान्ड हो, जसले नेपाली युवा तथा बाइक उत्साहीहरूलाई लक्षित गर्दै उच्चस्तरीय राइडिङ अनुभव प्रदान गर्ने विश्वास कम्पनीको रहेको छ।
मोर्बिडेली ब्रान्डमार्फत वैद्य अर्गनाइजेशनले प्रिमियम मोटरसाइकल सेग्मेन्टमा नयाँ मापदण्ड स्थापना गर्ने लक्ष्य लिएको जनाइएको छ। निकट भविष्यमा विभिन्न मोडेल सार्वजनिक गर्दै देशव्यापी सञ्जाल विस्तार गर्ने योजना समेत समूहले अघि सारेको बताइएको छ । मोर्बिडेली विश्वव्यापी रूपमा रहेका किवे गु्रप अन्तर्गत सञ्चालन हुने ब्रान्ड हो, जसले बेनेली,मोर्बिडेलि र बेन्डा जस्ताअन्तर्राष्ट्रिय मोटरसाइकल ब्रान्डहरूलाई होल्ड गर्दै आएको कम्पनीले जनाएको छ।
सम्बन्धित समाचार
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
नाइमा एक्स्पोमा मोर्बिडेली टी २५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


