• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१४ असार २०८३, आइतबार
१४ असार २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान
  • ६ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ७ घण्टा 

आज असार १५ : दही-चिउरा खाने पर्व तथा राष्ट्रिय धान दिवस
  • ७ घण्टा 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • ८ घण्टा 

२०८३ असार १५ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ८ घण्टा 

टिभिएस मोटर कम्पनीले सार्वजनिक गर्यो नेपालकै सबैभन्दा शक्तिशाली टिभिएस अपाचे आरटिआर १६० ४ भी
  • २३ घण्टा 

एलजीले ‘इसेनसियल सिरिज’ हरेक घरको खुशी,घर-घरमा एलजी अभियान देशका प्रमुख शहरहरूमा विस्तार गर्दै
  • २४ घण्टा 

सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
  • १ दिन 

यस्तो छ आजको मौसम पुर्वानुमान भारी बर्षा हुन सक्ने
  • १ दिन 

लोकप्रिय समाचार

  • १. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • २. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ३. क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?

  • ४. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ६. सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • ७. वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

  • ८. नबिल बैंकको ‘ए’ रेटिङ पुन : पुष्टि, वित्तीय मजबुतीमा थप विश्वास

  • ९. रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि

  • १०. कस्तो छ आजको मौसम पूर्वानुमान ?

पोखरामा ‘नाडा प्रजेक्टर्स वाडा शो २०२६’ : आधुनिक सवारी,प्रविधि र भिन्टेज आकर्षण सहित भव्य आयोजना

जानकारी केन्द्र २०८२, चैत्र, १०

काठमाडौँ । पहिलो संस्करणमा प्रदर्शक तथा अवलोकनकर्ताहरूको प्रसंसनिय सहभागिता पछी, नाडा अटोमोबाइल्स् एशोसिएशन अफ नेपालको प्रस्तुतीमा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोशिएसन (वाडा)द्वारा यही चैत्र ११ गते देखि १५ गते सम्म, नेपालको पर्यटकिय राजधानी सुन्दर नगरी पोखराको लेकसाइड, ताल बराही चोक स्थीत खेल मैदानमा ‘दोस्रो नाडा प्रजेन्ट्स् वाडा अटो शो २०२६’ आयोजना गरिने  बताइएको छ । प्रदेशकै सबै भन्दा वृहत अटो प्रदर्शनीमा पोखरा महानगरपालिका प्रवर्धक रहेको छ भने प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेज (जेम्स)ले गरी रहेको जनाइएको छ । नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालका अनुसार प्रदर्शनी सञ्चालनलाई सहज बनाउन प्रायोजनगरी सहयोग प्रदान गर्ने, पावर्डबाईमा राइड इनर्जी, इन्सुरेन्स पार्टनरमा शिखर इन्सुरेन्स, हस्पिटल पार्टनरमा दिर्घायु पोखरा हस्पिटल, टिकटिङ्ग पार्टनरमा खल्ती एप, क्यु आर पार्टनरमा युनियन पे, हस्पिटालिटी पार्टनरमा टेम्पल बेल, इन्टरनेट पार्टनरमा पोखरा इन्टरनेट, फायर सेफ्टी पार्टनरमा हिटको प्रा.लि.,फर्निचर पार्टनरमा सिटिजन फर्निचर, प्रिन्टिङ्ग पार्टनरमा पोखरा क्रिएटिभ्स प्रा.लि. जस्ता प्रतिष्ठत संस्थाहरू रहेका छन् ।

यस संस्करणमा सवारी साधन खरिद बिक्री एवं यस क्षेत्रमा भई रहेका आधुनिक प्रविधि विकासबारे प्रत्यक्ष जानकारी उपलब्ध गराउनुका साथै अवलोकनकर्ताहरूलाई प्रशंसनीय सेवा प्रवाहमा जोड दिइने दाबी गरिएको छ । अटो व्यवसायको सुदृढिकरण एवं प्रबद्र्घन, क्षेत्रिय बजारमा हाम्रो सहज पहुँच तथा बढ्दो मागलाई ध्यानमा राखी नेपालमै उत्पादनको सम्भाव्यतालाई समेत समयानुकुल दिशानिर्दिष्ट गर्नका लागि आवश्यक एवं व्यवस्थित वातावरण निमार्ण गर्न यस व्यापारिक प्रदर्शनीले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नेमा आयोजक विश्वस्त रहेको जनाइएको छ ।

नेपाल सम्बृद्धितर्फ उन्मूख हुँदै गर्दा सक्रिय अर्थतन्त्र तथा सामाजिक सामिप्यताका लागि यातायात गतिशिलता अती आवश्यक पर्नुका साथै यस अर्थमा सवारी साधन आज विलाशिता भन्दा पनि आवश्यक्ताको वस्तु बन्दै गइरहेको बताइएको छ । यसै आवश्यक्तालाई महसुस गर्दै क्षेत्रीय लगायत केन्द्रमा रहेका अटो व्यवसायी समकक्षीहरूलाई एउटै छाना मूनि भेला गराई सहज व्यवसायिक वातावरण निर्माण गर्नु पनी यस प्रदर्शनीको उदेश्य रहेको जनाइएको छ । आयोजकका अनुसार विभिन्न जिल्लाहरू एवं प्रदेशहरूबाट हुने व्यवसायिक भेलाले अटो व्यवसाय प्रबद्र्घन मात्र नभई आन्तरिक पर्यटन्लाई समेत टेवा पुर्याउने छ । साथै यस प्रदर्शनीले स्थानीय रुपमा देखिने वा महसुस गरिने विभिन्न व्यवसायिक समस्याहरूको चिनारी गर्ने तथा त्यसका सामाधानका विकल्पहरु खोज्ने साझा थलो बन्न सक्ने आयोजकहरूको विश्वास रहेको छ ।

नाडा प्रजेन्ट्स् वाडा अटो शो २०२६ मा १६ वटा ब्राण्डका ४–पाङ्ग्रे, ६ वटा ब्राण्डका लाइट कमर्शियल, १० वटा ब्राण्डका २–पाङ्ग्रे, एउटा हेभी कमर्शियल लगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, अन्य एशोसेरिजहरू तथा वित्तिय संस्थाहरूका २० वटा स्टलहरू रहने आयोजकले बताएको छ ।

प्रदर्शनीको थप आकर्षणका निम्ति तथा नया पुस्तालाई नेपालमा भित्रिएका र गुडाइएका एैतिहासिक पुराना मोडलका कारहरूको जानकारी उपलब्ध गराउने उदेश्यका साथ यस संस्करणमा विशेष भिन्टेज कार शोको आयोजना गरिने जनाइएको छ । यसका साथै अत्याधुनिक प्रविधि विकास एवं नवपरिवर्तनसंग आम सर्वसाधारणलाई साक्षात्कार गराउनका लागि रोबोटहरू पनि प्रदर्शनमा राखिने बताइएको छ जसमा युनीट्रि जि वान ह्युमानोइड रोबोट, युनीट्रि गो टु, चंखे जस्ता आकर्षक रोबोटहरू रहने छन् ।

आयोजकका अनुसार गण्डकी प्रदेशमा दोस्रो पल्ट हुन गइरहेको यस प्रदर्शनीमा एम्पेरे,एथर,अकवेल,बिवाइडी,चेरी वान्डा चेतक,दीपल,डोगंफेगं,फोर्थिगं,ग्यारो,हुण्डाई,काई,किया,लिपमोटर,म्याक्सस्,एमजी,न्यूगोनाओ, निशान,ओमोडा,जेको ,प्रोटोन,रोयल,एनफिल्ड,स्काईवर्थ,एसएमएल-इसुजु,टाटा,टिभीएस,एक्सप्रेस-टी यामाहा जोन्टेस जस्ता प्रख्यात ब्रान्डहरुका सवारी सहभागिता रहनेछ ।

५ दिन सम्म चल्ने यस दोस्रो नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६मा लगभग ४५००० आगन्तुकहरूले अवलोकन गर्ने विश्वासका आयोजकको रहेको छ । टिकटमा विशेष आकर्षण स्वरूप खल्ती एपबाट टिकट खरिद गर्दा प्रत्येक दिन पहिलो १०० जना साधारण टिकटमा पचास प्रतिशत तथा पहिलो १०० जना विद्यार्थी टिकटमा सय प्रतिशत फिर्ता हुने गरी यस अटो शोका क्यु आर पार्टनर युनियन पेद्वारा क्यास ब्याकको ब्याबस्था गरिएको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
आज असार १५ : दही-चिउरा खाने पर्व तथा राष्ट्रिय धान दिवस

ताजा

अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

आज असार १५ : दही-चिउरा खाने पर्व तथा राष्ट्रिय धान दिवस

कस्तो छ आजको मौसम पूर्वानुमान ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.