चैत्र १२, १३ र १४ गते हेटौंडामा ”एक्सपेरियन्स टोयोटा” टेस्ट ड्राइभ तथा एक्सचेञ्ज कार्यक्रम
काठमाडौँ । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि. ले चैत्र १२, १३ र १४ गते हेटौंडाको मेन रोडस्थित कफि बारमामा ”एक्सपेरियन्स टोयोटा” कार्यक्रम आयोजना गर्ने बताएको छ ।
हेटौंडा क्षेत्रका ग्राहकहरूलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रममार्फत ग्राहकहरूले टोयोटाका विभिन्न मोडेलका गाडीहरू प्रत्यक्ष अवलोकन गर्नुका साथै टेस्ट ड्राइभ गरी अनुभव गर्न सक्ने कम्पनीले जनाएको छ। साथै, हरेक गाडी खरिदमा एक्सचेन्ज बोनस,अतिरिक्त एसेसरिज, फ्री इन्सुरेन्स ,बैंकिङ सुविधा,रोड ट्याक्स तथा विभिन्न आकर्षक उपहारहरू समेत उपलब्ध गराइने बताइएको छ।
आयोजकका अनुसार कार्यक्रम अवधिभर ग्राहकहरूले टोयोटाका गाडीहरूको टेस्ट ड्राइभ गर्दा आकर्षक उपहार प्राप्त गर्नुका साथै युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि.ले प्रदान गर्दै आएका विभिन्न सेवा तथा सुविधाबारे पनि जानकारी पाउनेछन्।
युटिएसले हेटौंडा तथा आसपासका सम्पूर्ण ग्राहक तथा सम्भावित खरिदकर्ताहरूलाई कार्यक्रममा उपस्थित भई टोयोटाका गाडीहरूको टेस्ट ड्राइभ अनुभव गर्न हार्दिक निमन्त्रणा समेत गरेको जनाइएको छ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन


