डेल्टा अटो कर्पले ल्यायो “नयाँ युगको नयाँ राइड”
काठमाडौं । नेपालका लागि प्रिमियम इटालियन स्कुटर ब्रान्ड भेस्पा–एप्रिलिया स्कुटरका आधिकारिक वितरक डेल्टा अटोकर्प प्रा.लि.ले नयाँ वर्ष विशेष अफर “नयाँ युगको नयाँ राइड” घोषणा गरेको बताएको छ। कम्पनीका अनुसार यो अफर चैत १३ देखि देशभरका आधिकारिक भेस्पा र अप्रिलिया शोरूमहरूमा उपलब्ध हुनेछ र ग्राहकहरूलाई नयाँ वर्षको सुरुवात उत्साहजनक अफर र विशेष सुविधा सहित प्रदान गर्ने उद्देश्य राख्दछ ।
यस अफरअन्तर्गत, ग्राहकहरूले नगदमा खरिद रु.८,३०० रुपैयाँको नगद छुट पाउने बताइएको छ,साथै एक्सचेञ्जमा रु.१०,००० रुपैयाँको अतिरिक्त एक्सचेञ्ज बोनस पनि उपलब्ध हुनेछ। यसमा बजारकै सबैभन्दा कम ४.९९% ब्याजदरमा किस्ता सुविधा (ईएमआई) पनि रहेको र यसले ग्राहकहरूलाई आफ्नो मनपर्ने भेस्पा वा अप्रिलिया स्कुटरको सहज खरिद उपलब्ध गराउँने जनाइएको छ ।
कम्पनीका अनुसार नयाँ बर्षको माहोल अझ रोचक बनाउन,अफर अवधिमा खरिद गर्ने हरेक ग्राहकलाई ब्राण्डेड फ्री एक्सेसरीज, जस्तै हेल्मेट र स्कुटर कभर,उपलब्ध गराइनेछ । त्यसैगरी, अभियानमा साप्ताहिक लक्की ड्र समेत समावेश गरिएको बताइएको छ,जसअन्तर्गत भाग लिने ग्राहकहरूले रूपाकोट रिसोर्टमा विशेष लक्जरी गेटवे जित्ने मौका पाउनेछन् भने जसले हरेक खरिदलाई अझ रोमान्चक र लाभदायी बनाउँछ ।
अफरबारे कुरा गर्दै, डेल्टा अटोकर्पका मुख्य कार्यकारी अधिकृत तथा निर्देशक विजय कुमार महतो ले भने, “नयाँ वर्ष नयाँ यात्रा र अवसरहरू अंगाल्ने समय हो । ‘नयाँ युगको नयाँ राइड’ मार्फत हामी केवल प्रिमियम स्कुटर मात्र प्रदान गरिरहेका छैनौं; हामी हाम्रा ग्राहकहरूलाई प्रिमियम अनुभवसँगै गर्वको अनुभूति दिलाउँदै, र आत्मविश्वासका साथ नयाँ वर्षको सुरुवात गर्ने अवसर प्रदान गर्न चाहन्छौं।“
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
