काठमाडौं : प्रतिष्ठित कम्पनीले ग्राहकहरूका लागि नयाँ र आकर्षक डिजिटल योजना ल्याउने तयारी गरिरहेको बताएको छ । आधुनिक प्रविधिसँग जोडिएको यस योजनाअन्तर्गत ग्राहकहरूले क्युआर कोड स्क्यान गरेर विभिन्न उपहार जित्ने अवसर पाउने जनाइएको छ । यस योजनालाई अझ रोचक बनाउन कम्पनीले हाल यसको विस्तृत विवरण गोप्य राखेको बताइएको छ।
कम्पनीका अनुसार ग्राहकको सहभागिता बढाउने र डिजिटल अनुभवलाई अझ सहज बनाउने उद्देश्यले यो योजना ल्याउन लागिएको हो । “हामी केही नयाँ र रोमाञ्चक कुरा ल्याउँदैछौं,जसबाट ग्राहकहरूले केवल स्क्यान गरेरै मूल्यवान उपहारहरु जित्न सक्नेछन्,” कम्पनी स्रोतले जनाएको छ।
कम्पनीले यस योजनासम्बन्धी थप जानकारी, पुरस्कारहरूको विवरण तथा सहभागिता प्रक्रिया छिट्टै सार्वजनिक गरिने पनि बताएको छ ।


