काठमाडौँ । नेपालमा टाटा कर्भ इभी एक सस्तो इलेक्ट्रिक एसयूभीको रुपमा उपलब्ध छ,जुन शहरभित्र राजमार्गमा सहज यात्रा र ड्राइभिङका लागी उपयुक्त रहेको छ । यसको उच्च ग्राउन्ड क्लियरेन्सले खराब सडकमा पनि सजिलै चलाउन मद्धत गर्ने बताइएको छ । कम्पनीका अनुसार टाटा कर्भ इभीले भरत एनक्याप (बिएनक्याप) बाट ५ स्टार सुरक्षा रेटिङ प्राप्त गरेको छ । यसमा ६ एयरब्याग,इलेक्ट्रोनिक स्टेबिलिटि कन्ट्रोल,३६० डिग्री क्यामेरा र अटोनोमस इर्मजेन्सी ब्रेकिङ (लेभल २ एडिएएस) जस्ता सुरक्षा सुविधाहरु रहेको कम्पनीको दाबी छ ।
यसको एसयूभी कुपे जस्तो डिजाइनमा बोल्ड एलिमेन्टहरु जस्तै ठूला व्हील आर्च मस्कुलर स्टान्स समावेश रहेको जनाइएको छ । टाटा कर्भ इभी कार आर १८ स्टाइलिश ह्वीलहरुले एसयूभीको टफनेस र कुपेको एलिगेन्सलाई मिलाएर प्रिमियम लुक प्रदान गर्छ । चार्जिङ पोर्ट अगाडिको भागमा छ र बटन प्रेस गरेर इलेक्ट्रिक रुपमा खोल्न सकिने बताइएको छ । नेपालमा यो ५५ के डब्लू एच ब्याटी प्याकसँग उपलब्ध रहनुका साथै करिब ४०० देखि ४२५ किलोमिटर वास्तविक विश्व रेञ्ज दिने र फास्ट चार्जिङ सपोर्ट गर्ने कम्पनीले जनाएको छ ।

कारको भित्रको इन्टेरियर आधुनिक र डुअल–टोन कलरको छ,जसले भित्रको लक्सुरियम अनुभुति बढाउँने जनाइएको छ । १२.३ इन्च टचस्क्रिन डिस्प्ले विशेष सुविधाहरु नियन्त्रण गर्न मद्धत गर्नुका साथैे ९ जे बि एल स्पिकर र भेन्टिलेटेड फ्रन्ट सीटले आरामदायी ड्राइभिङ अनुभव दिन्छ । प्यानोरमिक सनरुफले रातको दृश्य हेर्न सजिलो बनाउँछ भने ह्यारियर सफारी बाट प्रेरित स्टियरिङले म्रिमियम अनुभव प्रदान गर्ने बताइएको छ ।
टाटा कम्पनीका अनुसार यस इभीको प्रमुख स्पेशिफिकेशन अनुसार यसमा ९८ किलोवाट पीएमएसएम मोटर,१३३ पिएस पावर र २१५ एनएम टर्क रहेको छ । गाडीको व्हीलवेस २५६० एमएम रहनुका साथै डाइमेन्सनको कुरा गर्नुपर्दा लम्बाई ४३१०,चौडाई १८१० र उचाइ १६३७ एमएम रहेको छ । यस कारको ग्राउन्ड क्लियरेन्स १८६ एमएम र कर्बवेट १५३१ केजी रहेको छ । यसमा अटोमेटिक ट्रान्सिमिसन र एफडब्लूडी ड्राइभ टाइप दिइएको छ भने टप स्पीड प्रति घण्टा १६० किलोमिटर छ । ५५ किलोवाट हाई–डेसिंटी लिथियम–आइयन ब्याट्रीले ५८५ किमि र करिब ४०० देखि ४२५ किमि रेञ्ज दिन्छ । चार्जिङका लागी ७.२ किलोवाट एसी चार्जरबाट फुल चार्ज हुन करिब ८ घण्टा लाग्छ । ७० किलोवाट डीसी फास्ट चार्जरबाट १० देखि ८० प्रतिशत चार्ज करिब ४५ मिनेटमा हुन्छ । यसमा २१५/५५ आर १८ टुयुबलेस टायर,५ सिट सीटिङ,५०० लिटर स्टोरेज , कोइल स्प्रिङसहितको म्याकफर्सन स्ट्रट र ट्विस्ट बिम क्यामेरा दिइएको छ । यो गाडी भर्चुअल सनराइज,इम्पावर्ड अक्साइड ,प्ले रेड,प्रिस्टिन ह्वाइट र प्योर ग्रे जस्ता रंगहरुमा उपलब्ध रहेको छ र नेपालमा यसको मूल्य रु.५६.९९ लाख तोकिएको छ ।

पूरा भिडियो हेर्नुहोस :



