शिक्षामन्त्री पोखरेलको योजनाः विद्यालय पाठ्यक्रममा खेलकुद अनिवार्य गर्ने प्रयास
काठमाडौँ । शिक्षा ,विज्ञान,तथा खेलकुखद मन्त्री सस्मित पोखरेलले नेपालका विद्यालय पाठ्यक्रममा खेलकुद समावेश गर्ने योजना अघि सारेका छन् । राष्ट्रिय खेलकुद परिषदको निरिक्षणका क्रममा उनले आगामी पाँच वर्षभित्र ग्रारुट स्तरबाटै खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको बताएका छन् ।
मन्त्री पोखरेलले साना उमेरदेखि खेलकुदको प्रशिक्षण नपाउनु नै नेपालको खेलकुद क्षेत्रको मुख्य चुनौती भएको बताएका छन् । काठमाडौँ महानगरपालिकामा सञ्चालनमा भएको रचनात्मक विद्यालय कार्यक्रमको अनुभवलाई आधार बनाएर अब खेलकुदलाई नीतिगत र कानुनी रुपमा शिक्षासँग जोड्ने योजना अघि बढाउने उनको भनाइ रहेको थियो
उनका अनुसार खेलकुदलाई शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । यदि सानो उमेरदेखि उचित प्रशिक्षण र डाइट सुनिश्चित गर्न सकियो भने खेलाडी उत्पादन द्रुत हुनेछ । मन्त्री पोखरेलले पाठुयक्रम विकास केन्द्रसँग सहकार्य गरी विद्यालय पाठ्यक्रमसँगै खेलकुद समावेश गर्न सबै सरोकारवालालाई सहयोग गर्न आग्रह गरे ।
सम्बन्धित समाचार
आज देशभर मनसुनी वायुको प्रभाव कायमै,विभिन्न स्थानमा वर्षा हुने
५० वर्षमा बदलिएको नेपालको अटोमोबाइल यात्राः आयातकर्ताबाट उत्पादन तर्फको सुरुवात
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

