नेपालमा उपलब्ध बजाजको डोमिनार २५० बाइक: यस्ता छन् फिचरहरु
काठमाडौँ । नेपालमा बजाजको नयाँ डोमिनार २५० बाइक नेपालमा उपलब्ध रहेको छ । बजाज बाइकको आधिकारिक बितरक हान्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.ली रहेको छ ।
डोमिनार २५० मा २४८.७७ सीसी फ्युल इन्जेक्सन इन्जिन रहेको छ भने यसले २७ पीएस र २३.५ एनएम टर्क उत्पादन गर्ने बताइएको छ । इन्जिन सिंगल–सिलिन्डर ,लिक्वीड–कुल्ड,ट्वीन स्पार्क,४ भल्भ र डीओएचसी प्रविधिमा आधारित रहेको छ । यस बजाज बाइकले प्रतिघण्टा शून्य देखि १०० किलोमिटरको गति १०.५ सेकेन्डमा पुर्याउन सक्छ भने अधिकतम गति प्रति घण्टा १३२ किलोमिटर भएको कम्पनीले बताएको छ ।
बाइकको डिजाइन सम्बन्धि कुरा गर्नुपर्दा एलइडी हेडलाइट ,अटोमेटिक हेडल्याम्प अन (एएचओ) सुविधा ,स्पेसक्राफ्ट प्रेरित ट्याङक डिजाइन र ट्विन–बर्रेल एक्जस्ट समावेश छ सेकेन्डमा डिस्प्लेबाट ट्रिप र समयको जानकारी सजिलै हेर्न सकिने जनाइएको छ ।
कम्पनीका अनुसार यस बाइकको ससपेन्सन र ब्रेकिङ सुविधामा ३७ एमएम टेलिस्कोपिक यूएसडि फ्रन्ट फ्रक्स,मल्टि स्टेप एडजस्टेबल मोनोसक रेयर,१७ इन्च टयूवलेस टायर ,अगाडि ३०० एमएम र पछाडि २३० एमएम डिस्क ब्रेक तथा डुअल च्यानेल एबिएस सुविधा दिइएको छ ।
लामो यात्रालाई ध्यानमा राख्दै सिटमुनि बन्जी स्ट्रयाप्स राखिएको छ,जसले सामान सुरक्षित राख्न मद्धत गर्छ । बलियो इन्जिन ,आकर्षक डिजाइन र आरामदायी सवारी अनुुभवका कारण डोमिनार २५० नेपाली बजारमा राम्रो प्रतिस्पर्धा गर्न तयार भएको बताइएको छ । यस बजाज डोमिनार ४०० बाइकको मूल्य कम्पनीले यसको मूल्य रु.४ लाख ८९ हजार तोकेको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
