इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक
काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरिएको छ।
मोर्बिडेलीका विभिन्न भेरियन्टहरू नेपाली बजारमा सार्वजनिक गराइएको हो।‘मोर्बिडेली’बाइकको मूल्य मोडेल अनुसार फरक–फरक रहेको जनाइएको छ। कम्पनीका अनुसार मोर्बिडेली टी ५०२ एक्स मूल्य १३ लाख ४९ हजार रुपैयाँ राखिएको भने एफ ३५२ र टी ३५२ एक्स मूल्य ९ लाख ९६ हजार ९०० रुपैयाँ तथा टी टी १००२ भीएक्स मूल्य ४४ लाख ९९ हजार ९०० रुपैयाँ र सी २५२ भीको मूल्य ९ लाख ६९ हजार ९०० रुपैयाँ तोकिएको छ।

त्यस्तैगरी काठमाडौंको नक्सालमा नयाँ शोरूम सञ्चालनमा आउनुका साथै ग्राहकहरूले प्रिमियम मोटरसाइकलको अनुभव लिन सक्ने बताइएको छ । ग्राहक सेवालाई ध्यानमा राख्दै कम्पनीले हाल तिनकुनेमा सर्भिस सेन्टर सुविधा प्रदान गरिरहेको छ भने निकट भविष्यमा उत्तरढोकामा थप सर्भिस सेन्टर विस्तार गर्ने योजना रहेको जनाइएको छ।
प्रिमियम डिजाइन, शक्तिशाली इन्जिन र रेसिङ हेरिटेजका लागि परिचित मोर्बिडेलीले नेपाली बजारमा उच्चस्तरीय राइडिङ अनुभव प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ।

करिब पाँच दशक लामो व्यावसायिक अनुभव बोकेको वैद्य अर्गनाइजेशनले नेपालमा अटोमोबाइल क्षेत्रमा विश्वासिलो ब्रान्ड निर्माण गर्दै आएको बताएको छ। यसअघि समूहले प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड एथरलाई नेपाली बजारमा भित्र्याएर उल्लेखनीय सफलता हासिल गरिसकेको कम्पनीले जनाएको छ।
सम्बन्धित समाचार
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
यस्तो छ आजको मौसम पुर्वानुमान
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
ट्रेन्डिङ
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
रणवीर सिंहको ‘प्रलय’ मा प्रियदर्शनकी छोरी कल्याणी मुख्य अभिनेत्री
नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल
विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी र १८.७६ अर्ब खुद बचत
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह