काठमाडौँ । काठमाडौँका केही क्षेत्रमा आज अस्थायी विद्युत अवरोध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले पुराना ताथा जोखिमयुक्त पोलहरु प्रतिस्थापन गर्ने कामका लागि यस्तो व्यवस्था गरिएको जनाएको हो ।
बानेश्वर बितरण केन्द्र अन्तर्गत पर्ने इमाडोल फिडरबाट सेवा लिने क्षेत्रहरुमा आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत आपूर्ति बन्द रहनेछ । यस क्रममा नरेफाट,सिसिआरसी कलेज वरपर तथा सूर्यकोट मार्ग आसपासका स्थानहरु प्रभावित हुनेछन् ।
प्राधिकरणका अनुसार ११ केभी क्षमताको जीर्ण पोलहरु परिवर्तन गरी विद्युतिय थप सुरक्षित र भरपर्दो बनाउने लक्ष्य रहेको छ । कार्य सम्पन्न भएपछि विद्युत आपूर्ति पुनः नियमित गरिने बताइएको छ ।


